आफ्नै छोरी हाकिम भएर आएपछि एक प्रहरी अधिकृतले छोरीलाई सलाम गरेको तस्वीर भाइरल, यस्तो छ वास्तविकता

0
206

भारतमा अहिले एक तस्वीर खुव सेयर भै रहेको छ । उक्त तस्वीरमा एक बाबु आफ्नी छोरीलाई सलाम गरिरहेका छन् । बाबुको अनुहार चम्किलो देखिन्छ भने छोरी पनि मुस्कुराई रहेकी छिन् ।यो तस्वीरको एक छुट्टै कथा छ यो तस्वीर भारतको हो । आन्ध्र प्रदेशमा एक सर्कल निरीक्षक श्री वाई श्याम सुन्दरले उनकी छोरी सुश्री येन्द्लुरु जेसी प्रशान्तीलाई सलाम गरेका हुन् ।

उनकी छोरी अहिले गुन्टूर जिल्लाको प्रहरी उपरीक्षकको रूपमा कार्यरत छन् । छोरी उपरिक्षक भएपछि पहिलो पटक बाबु छोरीको भेट भयो र बाबुले आफ्नो हाकिम भएर आएकी छोरीलाई सलाम गरे । एक आइपिएस अफिसर प्रियंका शुक्लाले उक्त तस्वीर ट्वीटरमा पहिलो पटक सेयर गरेकी थिइन् ।आततककी उस सम्पादक चित्रा त्रिपाठीले उक्त ट्वीट सेयर गरकी छिन् । उनले लेखेकी छिन्, यो फोटो पुरुष मानसिकताहरुका लागि पनि एक चोट हो, जो छोरा भन्दा छोरी कमजोर हो भन्ने सोचेरघर भित्रै राख्न चाहन्छन् ।

यो पनि पढ्नुहोस् , मु’स्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) बुधबार देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ह’र्षोल्लासपूर्वक मनाइएको छ ।

नयाँ भेरियन्टसहितको को’रोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इ’दगाहमा गई सामूहिक नमाज पढ्ने गरेकामा यस वर्ष को’रोना भाइरसको सङ्क्रमण फैलनसक्ने डरले घरमै पढेका छन् ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।यस अवसरमा विगत वर्षमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्थ्यो । यस वर्ष को’रोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले राष्ट्रिय मुस्लिम आयोगले पनि घरमै बसेर सुरक्षितरुपमा बकर ईद मनाउन आह्वान गरेको थियो ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष नि’र्दोष अलीले जानकारी दिए ।मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here