कारभित्र दुई बर्षको बच्चा बिर्सिइन्, सात घण्टापछि आउँदा नानीको बन्द भै सकेको थियो सास

0
15

एजेन्सी । मानिसहरू प्रायः आफ्नो सामानहरू कारमा बिर्सन्छन्, तर अमेरिकाको फ्लोरिडामा, एउटी महिलाले कारमा भएको दुई वर्षीया मासूम बालिकालाई विर्सिइन् । बालिकालाई सीट बे ल्ट लगाएको थियो । ती महिला सडकमा कार पार्क गरीन् र घर गईन् । जब उनी सात घण्टा पछि फर्किइन्, उनको होश उडियो । बालिकाको कार भित्रै निधन भइसकेको थियो । ति महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनी सहयोगी महिला थिइन् । उनको काम बालिकालाई डे केयरमा लैजाने थियो । उनी बालिकालाई डे केयरमा लिएर गएकी थिइन् । तर त्यो दिन डे केयर बन्द भएकाले उनले बालिकालाई फिर्ता लिएर आइन् । तर उनले बालिकालाई फिर्ता लिएर आएको कुरा नै विर्सिइन् ।

फ्लोरिडाका, ४३ वर्षीय जुआना पेरेज डोमिंगोलाई शनिबार प्रहरीले पक्राउ गर्यो । एनबीसी मियामीको खबर अनुसार दुई वर्षीया बालिकाको नाम जोसेलीन मारिट्जा मेन्डेज हो । प्रहरीले भने कि आरोपी महिला बच्चाहरूलाई डेकेयरमा लिएर जाने काम गर्थिन् ।

शुक्रवार, आरोपी महिला भ्यानबाट दुई वर्षीया केटी जोसलीनलाई घरबाट डेकेयर लैजान कारमा लिएर हिडिन् । तर डेकेयर सेन्टर खुला नभएकोले ६:३० बजे उनले बालिकालाई आफ्नो घरमा लगिन् ।

बिहान ८:३० बजे महिला पेरेज डोमिंगोले सानी बालिकालाई उनको टोयोटा सिएना मिनी भ्यानलाई सडकको तेस्रो पक्तिमा पार्क गरिन् । बच्चालाई सिट बे ल्ट बाँ धि एको थियो । ऊनले भ्यानमा नै केटीलाई बिर्सेकी थिईन् र घर भित्र गईन् ।

कार भित्र बसेकी बालिकाको स्वास्थ्य ३० डिग्री सेल्सियस भन्दा बढि तापमानमा खराब भयो । जब पेरेज डोमिंगो ७ घण्टा पछि भ्यानमा फर्किइन् , बालिकाको निधन भइसकेको थियो । प्रहरीका अनुसार आपतकालिन सेवालाई फोन गरेर बोलाउनुको सट्टा उनले बालिकाको आमालाई बोलाएका कारण ढिलो भैसकेको थियो ।

यस पछि, आरोपी महिला बालिकाको श व लिएर उसको घरमा पुगिन् । जहाँबाट प्रहरीले बालिकाको श व पोष्टमार्टमको लागि पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here