एकैपटक जन्मेका तिम्ल्याहा दिदीबहिनी याेजना बिना कसरी भए त एकैपटक ग’र्भ’व’ती

0
29

एकैपटक जन्मेका तिम्ल्याहा दिदीबहिनी याेजना बिना कसरी भए त एकैपटक गर्भवती ! जुम्ल्याहाको जीवनमा धेरै कुराहरुमा समानता हुन्छ तर, क्यालिफोर्नियाका एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा भने यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ ।

यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका छन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् । ३५ वषृका यी दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यो कुरालाई लिएर यी तीनैजना दिदीबहिनी निकै उत्साहित छन् ।

उनीहरुले आफ्ना बच्चाहरुमा पनि आफूहरुमा जस्तै प्रेम होस् भन्ने चाहन्छन् । दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले फक्स न्यूजसँग कुरा गर्दै आफूहरु एकैपटक गर्भवती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् । उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्कासँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’

भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ । निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबैभन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।

उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन् र यो योजनाबद्ध तरिकाले भएको पनि होइन । जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म गर्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चिच्याउन थाले । आमाले यो हुनै सक्दैन, के तिमी सिरियस छौं भनिरहनुभएको थियो ।’ गिनाले आफूहरुले यस्तो होला भन्ने कहिल्यै नसोचेकोले अचानक यस्तो संयोग पर्दा निकै उत्साहित भएको बताइन् । उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here