विश्वमा दिनहुँ दु’र्घट’ना हुन्छन् तर एउटा यस्तो दुर्घटना जुन विश्वभर भा’इरल भइरहेछ

0
48

विश्वमा दिनहुँ दुर्घटना हुन्छन् तर केही दिन अघि भएको एउटा दुर्घटनाको तस्बिर विश्वभर भाइरल भइरहेको छ । दुर्घटना भारतको छिन्द्वारा नागपुर राजमार्गमा भएको हो । यो दुर्घटनामा एउटा कार दुई टुक्रा भएको देखिएको छ । तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । घाइतेको उपचार भइरहेको छ । भारतीय मिडियाका अनुसार यो दुर्घटना जुन ११ मा छिन्द्वारा, नागपुर राजमार्गमा भएको थियो। किआ सेल्टोस कारमा ५ जना यात्रु थिए । सो कारको गति निकै तेज थियो । बाटोमा बाइक सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र पुलमा ठ क्क खान पुगे । कारको पछाडि सीटमा बसिरहेका तीनैजनाको घटनास्थलमै मृत्यु भयो। चालक र अगाडीको सीट मा बसिरहेको अर्को व्यक्ति ग म्भी र घाइते भए ।

यो दुर्घटनामा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भयो, जुन अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । जब कारको तस्विरहरु सोशल मिडियामा भाइरल भयो, मानिसहरूले भने कि कार एकदम सफासँग दुई टुक्रा भएको देखिन्छ । आधुनिक कारहरू यस्तो तरीकाले डिजाइन गरिएको छ कि कारमा क्षती भएपनि यात्रुलाई केही भएको हुँदैन । तर यो कार अनौठो तरिकाले दुई टुक्रा भएको छ ।

जानकारीका अनुसार अहिलेसम्म कुनै त्यस्तो सूचना प्राप्त भएको छैन कि पाँच जना मध्ये कति जनाले सीट बेल्ट लगाएका थिए। महत्त्वपूर्ण कुरा के हो भने भारतमा कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन्। यो घटनामा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बेल्ट लगाएका थिएनन् भन्ने विश्वास छ।

उनीहरु रामकौनाबाट नागपुर गएका थिए । एउटा विवाह समारोहमा सहभागी भएर फर्किएको बेलामा घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार कारको गति धेरै बढी थियो। अचानक उनीहरूको अगाडि एक बाइक आयो। कारका चालकले उक्त दुर्घटनाबाट बच्न यथासक्दो प्रयास गरे । तिब्र गति भएका कारण कार पुलमा गएर ठो क्कि यो । दुई सेकेण्डमै कार दुई टुक्रा भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here