बाँसको तामा सहितको अचार खाँदा ३५ वर्षीया महालक्ष्मी भट्टको मृत्यु

0
156

काठमाडौं । कञ्चनपुरमा बाँसको तामा सहितको अचार खाँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको महाकाली उप प्रादेशिक अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका डाक्टर मनोज भट्टका अनुसार मृत्यु भएकी महिलाको परिवाले तिन दिन अगाडी मासु चिउरा सहित बाँसको तामाको अचार खाएका थिए । अचार खाएपछि मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी भएका थिए ।

झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०:५५ मा मृत्यु भएको हो। शरीरमा पानीको मात्रा कम हुदा अचेल अवस्थामा रहेकी महिलाको आइसीयु मै मृत्यु भएको डाक्टर भट्टले जनाकारी दिए।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here