सवा २ करोड खर्चेर १ वर्षमा २० सन्तान जन्माइन् यी महिलाले, २३ वर्षकाे उमेरमा नै २१ सन्तानकि आमा !(हेर्नुस्)

0
67

सवा २ करोड खर्चेर १ वर्षमा २० सन्तान जन्माइन् यी महिलाले, २३ वर्षकाे उमेरमा नै २१ सन्तानकि आमा !(हेर्नुस्) । जर्जियाको अत्यन्तै धनी एक परिवारकी महिलाले १ वर्षको समयमा २० जना सन्तान जन्माएकी छिन् । अब उनी २१ छोराछोरीकी आमा भएकी छिन् ।

उनले यी छोराछोरीको हेरचाहको लागि १६ जना सुसारेहरु राखेकी छिन् । यी सबै सुसारेहरु स्थायी जागिरे हुन् । यी महिला आफैं पनि यी बच्चाहरुको हरचाहमा व्यस्त रहन्छिन् । यी महिला आफ्नो परिवार अझै ठूलो बनाउन चाहन्छिन् । २३ वर्षको उमेरमा २१ सन्तानकी आमा बनेकी क्रिस्टिना ओजटर्कका अनुसार उनले जतिबेला आफ्ना अर्बपति श्रीमान ग्यालिपलाई पहिलो पटक भेटेकी थिइन् त्यसपछि नै उनीहरुले मिलेर ठूलो परिवारको सपना देखेका थिए ।

उनका श्रीमान ग्यालिप पहिले नै विवाहित थिए। उनीहरुको भेट जर्जियाको यात्राको क्रममा भएको थियो । क्रिस्टिनाका अनुसार पहिलो सन्तानलाई उनी आफैंले गर्भमा हुर्काएर जन्माएकी हुन् । त्यसपछिका २० सन्तान भने सेरोगेसीबाट जन्मिएका हुन् । तर, यी सबै सन्तानकी जैविक आमा भने उनी नै हुन् । एक वर्ष पहिले उनका एक मात्र सन्तान थिए ।

एक वर्षपछि अहिले उनका २१ सन्तान छन् । यी बच्चा जन्माउने सेरोगेट आमाका लागि उनीहरुले १ लाख ६० हजार युरो खर्च गरेका छन् । यी बच्चाहरुको हेरचाहका लागि उनीहरुले १६ सुसारे राखेका छन् जो उनीहरुको घरमै बस्छन् । यी सुसारेहरुको लागि वर्षमा ९६ हजार डलर खर्च हुन्छ । क्रिस्टिनाका अनुसार उनी हरेक समय आफ्ना बच्चाहरुसँग बस्छिन् र ती सबै कामहरु गर्छिन् जुन एक आमाले आम रुपमा आफ्ना बच्चासँग गर्छिन् ।

यी २० सन्तान जन्माउनुअघि नै ग्यालिप र क्रिस्टिनाकी ५ वर्षकी छोरी भिक्टोरिया थिइन् । भिक्टोरियालाई क्रिस्टिनाले नै गर्भमा हुर्काएर जन्माएकी हुन् । यो परिवार अहिले तीन तलाको हवेलीमा बस्छन् । क्रिस्टिनाका अनुसार सबै बच्चाहरुलाई चाहिने सामानहरुको लागि हरेक हप्ता ५ देखि ६ हजार डलर खर्च हुन्छ ।

कहिलेकाही यो खर्च केही बढी र कहिलेकाहीँ केही कम पनि हुन सक्छ । फोर्ब्सका अनुसार क्रिस्टिनाका श्रमिान ग्यालिप पर्यटन र परिवहन व्यवसायी हुन् । उनी मूल रुपले टर्कीका हुन् र २०१३ देखि जर्जियामा बसिरहेका छन् । ग्यालिप टर्कीको कम्पनी मेट्रो होल्डिङका संस्थापक हुन् । जर्जियामा उनको ५ सय मिलियन डलर लगानी छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here