पोखरामा जमीन चिरा-चिरा पर्दै भासिन थाल्यो,सेतीको खोँच थुनिने खतरा बढ्दै(भिडियो हेर्नुहोस्)

0
718

पोखरा महानगरपालिका वडा नं.१५ मा अवस्थित अमिन तारा भन्ने ठाउँ जहाँ आज भन्दा तीन चार महिना अगाडि तिर प्रश्तुत गरिएको भिडियो रिपोर्टिङ थियो।त्यसपछि उक्त भिडियोलाई विभिन्न चरणमा फलो अप भिडियो देखाइएको थियो।त्यतिबेला यस ठाउँमा पानी नपर्दै जमिन चर्किएको दृश्य देखाइएको थियो।आज त्यही ठाउँ जहाँ सेती खोला यति ठूलो भएको छ त्यहीँबाट रेकर्ड गरिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।

हामीले भर्खरै मात्रै पनि सेती खोला थुनिएर ताल बन्दै भनेर समाचार समेत सुनेका थियौं।अहिले पोखराको यहि ठाउँ अमिनतारा नजिकै जमिन ठाउँ-ठाउँमा चीरा पर्दै गइरहेको छ भने कतिपय ठाउँमा भासिँदै समेत गइरहेको छ।तर सेती खोलाको छेउछाउबाट यदि जमिन भासिन थाल्यो भने यसले सेती नदीलाई थुन्ने खतरा बढ्न जान्छ र फलस्वरूप सेती नदीबाट गल्छी भरिएर पानीको भाब बढ्न गइ वरपर प्रभावित पार्न सक्ने ख’तरा छ।

स्थानीयहरू आफ्ना बालबच्चा जोगाउन मुस्किल पर्ने भयो कहिले खोचमा पर्लान् कि भन्ने मात्रै चिन्ता बढीरहन्छ भनेर चिन्ता पोखिरहेका छन्। कतिपय ठाउँमा त हामी आफैंलाई पनि जान गाह्रो हुने गर्दछ।एउटा गल्छीमा त पोहोर साल कुकुर समेत पसेर उद्धार गरिएको थियो। पोखराको भुभाग स्थायी प्रकृतिको नभएको पनि भुगर्भ विदहरूले जानकारी गराइरहेका छन्। धेरैजसो भुभागमा स्वान्द्रो, तालहरू, गल्छी तथा गुफाहरू भएको कारण त्यहाँको जमिन नै कमजोर भैरहेको छ र त्यस ठाउँ भूक्षय उच्च जोखिममा रहेको छ।

सेती नदी बढेर ताल भएपछि थुप्रै मान्छेहरू यतिबेला ताल हेर्न भनेर जम्म भैरहेका छन्। अब यो तालले निकाश नपाउने हो भने सेती नदीले ठूलै ख’तरा निम्त्याउने मानिस हरूले आंकलन गरिरहेका छन्।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here