आफुले पालेको गाई मरेपछि आमा मानेर गाईको किरिया बार्दै झापाका खगेन्द्र दाहाल

0
91

झापाको मेचीनगर नगरपालिका वडा नं.२ का ५३ वर्षीय खगेन्द्र दाहाल आफुले पालेको गाई मरेपछि किरिया बारेर बस्नु भएको छ । जेठ २५ गते घरमा पालिएको पहिलो बेतको लहिनो गाई कालगतिले मरे पछि उहाँ किरिया बस्नु भएको हो ।

हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ र मृत्युमा श्रद्धा व्यक्त गरिन्छ । धर्म र करकापले नभएर आमा सरह दुध दिने गाईप्रतिको मनैदेखिको श्रद्धाका कारण आफुले दश दिने काज किरिया गरिरहेको दाहालले बताउनु भयो । मानिस मर्दा गरिने दशगात्र कर्म सरह दश दिने किरिया बार्ने र दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने उहाँको भनाई छ ।

मर्ने बेलामा गाईको दाम्लो नखोलिएको कारण धार्मिक विश्वास अनुसार किरिया बारेको र दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here