काठमाडौको यो ठाउँमा रहेछ बम्बैको जस्तै कोठी, यसरी ल्याइन्छन् गाउँवाट बालिका र युवती !

0
221

काठमाडौ । गाउँका विपन्न बालिका र युवतीहरुलाई काठमाडौको कपडा पसलमा काम लगाइदिने भन्दै ल्याएर होटलमा लैजाने गरेको तथ्य खुलेको छ । त्यसका लागि काठमाडौमा घर नै भाडामा लिएर ब्यवसाय सञ्चालन गरिएको पनि प्रहरीले फेला पारेको छ । राजधानी काठमाडौंमै ब्यवसायका लागि बालिका ओसारपसार गर्ने गरिएको पाइएको हो । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर होटलमा लगेर इच्छा विपरितको काममा लगाइने गरिएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरले त्यस्तो ओसारपसार गरिएका बालिकाका बाबुको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौमै भारतको बम्बैमा जस्तै घर नै भाडामा लिएर बालिका र युवतीहरुलाई प्रयोग गरिएको खुल्न आएको हो ।

उक्त अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चालक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।उनका अनुसार सिन्धुलीको ग्याङग्ले गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ र सिन्धुलीकै सुनकोसी गाउँपालिका ७ घर भई हाल माकलबारी नै बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here