भर्खर सिन्दुर हालेकी वेहुली घर लैजानुपर्ने बेलामा मण्डपवाटै वेहुलाले घाट लगे, जन्ती बने मलामी

0
198

एजेन्सी । केही वेर अघि सम्म खुसीको माहौल थियो । विवाहमा सबै रमाइरहेका थिए । तर उनीहरुलाई नै थाहा थिएन । विवाहमा जन्ती बनेकाहरु नै मलामी बन्नु पर्नेछ । वेहुलीलाई सिन्दुर हाल्ने वेहुलाले नै वेहुलीको अ न्त्य ष्टि गर्नुपर्ला । तर भारतको विहारमा यस्तै घटना भएको छ । वेहुली लिन गएका वेहुलाले नै वेहुलीको अन्तिम संस्कार गरेका छन् । विवाह हुँदै गर्दा मण्डपमै वेहुलीको निधन भएपछि यस्तो अवस्था आएको हो ।

हिन्दु धर्ममा विवाह गर्दा सात फेरा लिने चलन छ । उनीहरुले सात फेरा लिइसकेका थिए । सिन्दुर पनि लगाईसकेका थिए । तर त्यही नै बेलामा वेहुलीको स्वास्थ्यमा खराबी आयो । तत्काल उनलाई स्थानिय अस्पतालमा लगियो । अस्पताल लैजाने वित्तिकै वेहुलीको निधन भयो । भारत विहारको तारापुर अनुमंडल क्षेत्र को अफजल नगर पंचायतमा पर्ने खुदिया गाउँमा विवाह सुरु भएको ६ घण्टामै सन्नाटा भएको हो ।

मे ८ तारिखमा अफजल नगर पंचायतका खुदिया गाउँमा रंजन यादव उर्फ रंजयकी छोरी निशा कुमारीको विवाहलाई लिएर परिवार निकै उत्साहित थिए । हवेली ख ड़ गपुर प्रखंड का महकोला गाउँवाट सुरेश यादव का पुत्र रवीश वेहुली लिन जन्ती सहित आए । उनीहरुले विवाहको सबै प्रकृया पनि पुरा गरे । तर त्यती नै बेला वेहुली निशाको मृत्य भयो ।

निशाकी आमा रिता कुमारीले बताए अनुसार विवाहमा सात फेरा लिएर सिन्दुर हाल्ने वित्तिकै छोरीको स्वास्थ्य विग्रिएको थियो । भागलपुर स्थित नीजि अस्पतालमा तत्काल भर्ना गरिएको थियो । विवाह गरेको ५ घण्टा पनि नहुँदै वेहुली निशाको निधन भयो । विवाह गरेर वेहुली घर लैजानुपर्ने रवीशले सिन्दुर हालेकी वेहुली लिएर घाट तिर लैजानुपर्ने विवसता आयो । उनले त्यसै गरे । उनले वेहुलीको अन्तिम संस्कार पनि आफै गरे । जन्ती बनेर आएकाहरु मलामी बनेर घर फर्किए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here