बिहानै काठमाडौंमा यी दुई अत्यासलाग्दो खबर आइदियो

0
156
Taxis lined up in Tinkune protesting against non-availability of adequate parking space in Kathmandu, on Tuesday. Thett hours-long protest caused massive traffic jam from Tinkune to Koteshwor, on Tuesday, September 27, 2016. Photo: THT

तीव्रताका साथ फैलिएको संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । काठमाडौंमा मात्र संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा ६ जनाको मृत्यु भएको छ ।

यससँगै बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार १ सय २९ जना पुगेको छ भने २ लाख २३ हजार ५ सय ४९ जना संक्रमणबाट मुक्त भएका छन् । बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५४ हजार २ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो ।

उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।

उक्त क्षेत्रबाट ५३५ टर्र्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।

यस्तै फार्र्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरूपमा निःसङ्क्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जङ्गली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ । यसअघि काठमाडौँको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here