घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु, अन्य ४ छोरीहरू भने भाग्यले बाँचे

0
31

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ।

स्थानीयका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ । अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकुसल छन्। घर शनिबार राति एक्कासी भत्किएको थियो।मृतकको शब पोष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । प्रहरी बिहान अबेला घटना स्थलमा पुगेको थियो ।

यस्तै डोटीमा भिरबाट ल’डेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस का’ट्न गएको समयमा भिरबाट ल’ड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ । फोटो फाइल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here