पिलाउने दूध पनि छैन,मेरो बच्चा मैले कसरी बचाउनु ,आमा रुदै मिडियामा (हेर्नुस् भिडियो )

0
110

मानव स्नेहि काख एउटा यस्तो संस्था हो जहाँ अभिभावक नभएका बालबालिका र मनोरोगि दाजुभाई तथा दिदिबहिनीहरुको पालपोषण र उपचार हुँदै आएको छ ।श्रिनेहा पोखरेल जो यो संस्थाको संस्थापक एवम् शो संस्थालाई चलायमान राख्न अहोरात्र खटिरहने पात्र हुन् ।उनिसगै भेट्न भन्दै हामी उनकै संस्थासम्म पुगेका छौ ।सो संस्थामा धेरै नै सदस्य भएको कारण अहिले खाद्यान्नमा अत्याधिक समस्या भएको र त्यति मात्रै हैन सो संस्थामा गर्भवती महिला पनि ल्याएको हुदा दिनहु जसो चेकजाचमा लग्दै गर्दा हदसम्मको

गाह्राे र अप्ठ्यारो भएको श्रिनेहा बताउँछिन् ।त्यति मात्रै कहाँ होर बच्चालाइ दूध समेत खुवाउन नपाएको र भोकभोकै राख्नुपरेको स्थिति सृजना भएको उनी बताउँछिन् ।बिहान बेलुकाको छाक नै टार्न धौधौ परिरहेको र चामल समेत नभइदिदा एकदमै कष्टकर जीवन बेथित गर्न बाध्य भएको उनी बताउँछिन ।मानवले मानवलाई सेवा गर्ने अभिप्रायका साथ दिनरात खटिरहेको शो संस्थालाई चलायमान राख्न हाम्रो पनि जिम्मेवारी हो,आउनुहोस् सहयोग गरौ ।ओली नरहे संसद् पनि रहँदैन ! विधानतः जेठ १५ मा नीति तथा कार्यक्रम ल्याइसक्नु पर्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट (आय र व्यय वार्षिक अनुमान) पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, जेठ ३ गतेसम्म पनि प्रतिनिधि सभाको अधिवेशन आह्वान भएको छैन । अर्थात् सरकारले बजेट अधिवेशन बोलाएको छैन । अथवा बोलाउन चाहिरहेको छैन । जेठ १५ नजिकिँदै गर्दा पनि संसद् अधिवेशन बोलाउन सरकारले किन आनाकानी गरेको हो ? केही न केही रणनीति पक्कै होला । तर, प्रष्ट छैन ।गत वर्ष जेठ २ गते आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गरिएको थियो ।

वैशाख २६ गते प्रतिनिधि सभाको बजेट अधिवेशन बोलाएको थियो। तर, यो वर्ष आजसम्म अधिवेशन बोलाइएको छैन । यसरी हेर्दा यो वर्ष प्रि-बजेट छलफल नहुने सम्भावना छ । बजेटको कम्तीमा १५ दिनअघि प्रि-बजेट (विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता)मा छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । जबकि जेठ १५ आउन अब १५ दिन बाँकी छैन । प्रि–बजेट छलफलदेखि बजेटका सिद्धान्त र प्राथमिकता १५ दिनअघि नै पेस गर्नुपर्ने प्रावधान सरकारले उल्लङ्घन गरिसकेको छ ।

यता संसद् सचिवालयले पनि बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी गरेको भए पनि समय घर्किसकेकाले प्रि बजेटमाथि छलफल चलाउन नसकिने बताइसकेको छ । आजै सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले प्रि–बजेट छलफलका लागि समय घर्किसकेको बताएका छन् । यसले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि प्रि-बजेटमाथि छलफल नै नहुने निश्चित जस्तै भएको हो । सरकारले नीति तथा कार्यक्रम सङ्घीय संसद्‍मा कहिले पेस गर्ला भन्ने अन्योल देखिएको छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here