विवाहमा सहभागी भएका एकै परिवारका चार जनाको मृ’त्यु, अन्य दुई जना पनि र’हेनन्

0
385

बागलुङ। विवाहमा सहभागी भएको २१ दिनमा एकै परिवारका चार जनाको कोभिडबाट मृ’त्यु भएको छ । वैशाख ११ गतेको विवाहमा सहभागी भएका बडिगाड गाउँपालिका–४ जलजलाका एकै परिवारका चार जनाको कोभिड संक्रमणबाट मृ’त्यु भएको हो।

मृ’त्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् । वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते ज्यान गएको थियो । ४० वर्षीय छोराको वैशाख ३० गते बेलुका धौलागिरी अस्पतालमा र ५१ वर्षीय छोराको ३१ गते पोखराको मणिपाल अस्पतालमा मृ’त्यु भएको हो।

शनिबार दिउँसो धौलागिरी अस्पतालका वृद्धकी ५३ वर्षीया छोरीको पनि कोभिड संक्रमणकै कारण मृ’त्यु भयो । वैशाख ११ गते विवाहको भोज खाएकाहरूमा सात दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि थप परीक्षण भएको छैन । विवाहमै सहभागी अन्य दुई जनाको पनि मृ’त्यु भइसकेको छ भने अन्य अस्पतालमा जटिल अवस्थामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here