दुबईमा बिजोक अवस्थामा रहेका युवकले रुँदै फोन गरे,पानि खान नपाएर मर्छु भन्दै सुनाए डरलाग्दो अवस्था (भिडियो सहित)

0
31

झापा। कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुम्ने अवस्था देखिएको भन्दै अधिकारी एवं विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

लाखौँ सङ्ख्यामा नेपालीहरू रहेका कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देश र दक्षिणपूर्वी एशियाको मलेशिया पनि अहिले समस्यामा छन्। त्यहाँ करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा रहेका धेरे नेपाली कामदारले अहिले नै आफूहरू समस्यामा परिसकेको गुनासो गर्न थालेका छन्।

यसै क्रममा भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेका छन ,तल भिडियोमा सबै जानकारी हेर्नुहोला।

बाँकी भिडियोमा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here