को रोना कहरमा साहसी चेली सपना वेवारिसे श वसंग खेल्दै | २४ सै घण्टा गरिबको सेवामा | आर्यघाटमा यस्तो

0
516

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला अब म तपाईंलाई यी फिचरहरुको बारेमाअ जानकारी दिनेछु । मैले गत हप्ता यसको अनबक्सिङ गरेको थिएँ, जसमा यस फोनको डिजाइन रस्पेसिफिकेसनका बारेमा चर्चा गरिएको थियो । आज चाहिँ म यसको विस्तृत रिभ्यू गर्दैछु । सबैभन्दा पहिले यस फोनको डिजाइनको कुरा गरौं । यस फोनको डिजाइन एकदमै स्लिक र प्रिमियम छ । विशेषगरी यसको क्यामेरा मोड्युल, जुन चाहिँ फोनको कर्नरसँगै मर्ज भएर बसेको छ ।

यो फोन अझै धेरै प्रिमियम देखिन्छ । अनि यसमा हातको दाग, फिङ्गरप्रिन्ट लगायतका स्मजेजहरु केही पनि बस्दैन ।तौलको हिसाबले यो फोन अलिक गह्रुङ्गाे नै छ । यसको डिस्प्ले पनि अलिक ठूलै छ । तर बोक्न भने अप्ठ्यारो छैन । किनभने यसको मोटाइ सानो छ । यस फोनको एउटा नराम्रो पक्ष भनेको यसमा माइक्रोएसडी कार्ड स्लट छैन । त्यसैले तपाईंले स्टोरेज बढाउन सक्नुहुन्न । फोनको इनब्युल्ट स्टोरेज मात्र तपाईंले प्रयोग गर्नुपर्छ ।यस्तोमा यदि तपाईंले १२८ जीबी स्टोरेज भेरियन्टको मोडल लिनुभयो

भने 8K भिडियो र १०८ मेगापिक्सेलको फोटो लिनसक्ने क्यामेराका लागि त्यति स्टोरेज पर्याप्त नहोला । यस्तोमा तपाईंसँग पैसा थपेर धेरै स्टोरेज भएको भेरियन्ट लिने बाहेक अन्य विकल्प हुँदैन । यस फोनको अर्को एउटा महत्वपूर्ण हाइलाइटेड फिचरको कुरा गर्दा, यसको डिस्प्ले । यसमा ६.८ इन्चको डिस्प्ले छ जसमा १० देखि १२० हर्जसम्मको एडप्टिभ रिफ्रेस रेट छ । सामसङको यो पहिलो फोन हो जसमा क्वाड एचडी रिजाेलुसनमा पनि तपाईंले १२० हर्जको रिफ्रेस रेटको प्रयोग गर्नसक्नुहुन्छ ।

यसका लागि तपाईंले एडप्टिभ र स्ट्याण्डर्ड रिफ्रेस रेटमा एउटा चयन गर्नुपर्ने हुन्छ । एडप्टिभमा तपाईंको फोनमा के डिस्प्ले भइरहेको छ त्यसको आधारमा फोन आफैले रिफ्रेस रेट चयन गरिदिन्छ भने स्ट्याण्डर्डमा ६० हर्जको रिफ्रेस रेट तपाईंले पाउन सक्नुहुन्छ ।मैले यो फोन जतिदिन चलाएँ, कुनै दिन पनि ल्याग हुने, जर्क हुने समस्या देखेको छैन । डिस्प्ले एकदमै शार्प छ अनि स्क्रोलिङ पनि एकदमै स्मुथ । फोनमा १५ सय निट्सको ब्राइटनेस छ ।यसको अर्थ फोन जतिसुकै चर्को घाममा चलाए पनि यसको डिस्प्ले डल हुँदैन ।

मज्जाले स्क्रिन देख्न सक्नुहुन्छ । फोनको कलर रिफ्रोडक्सन पनि एकदमै राम्रो छ, भिडियो हेर्दाको अनुभव एकदमै रमाइलो हुन्छ ।अडियो क्वालिटी पनि राम्रो छ एकदमै क्रिप्स, क्लियर र ठूलो । स्क्रिन मोडलाई भिभिड राख्ने की नेचरल राख्ने भन्ने अप्सन पनि चयन गर्नसक्नुहुन्छ । भिभिडमा अलिक स्याचुरेटेड, रंगिन र भाईब्रेन्ट डिस्प्ले हुन्छ भने नेचरलमा अलिक डिस्याचुरेटेड डिस्प्ले हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here