यसरी मनाए अध्यक्ष प्रचण्डले पत्नी सीता दाहालसंग ५२औं वैवाहिक वर्षगाठ

0
91

काठमाडौं। माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र पत्नी सिता दाहालले ५२ औ वैवाहिक वर्षगाठ मनाएका छन। उनीहरुले सामान्य रुपमा आफ्नै निवासमा ५२ औ वैवाहिक वर्षगाठ मनाएका हुन् । छोरी गङ्गा दाहालले सामाजिक संजाल फेसबुकमा तस्विर शेयर गर्दै बुबा आमालाई वर्षगाठको शुभकामना दिएकी छन ।

सार्बजनिक तस्विरमा प्रचण्ड पत्नी सिता दाहाल भने विरामी अवस्था मै देखिन्छिन । उनि केहि वर्ष अगाडी देखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी नामको पार्किन्सन रोगबाट ग्रसित रहदै आएकी छन।

छोरा प्रकाश दाहाललाई गुमाएपछि सीताको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो । प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा पनि लगिसकेका छन् । अमेरिका, सिंगापुर र भारतका अस्पतालमा उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

उनलाई लिएर प्रचण्ड म्याग्दीमा रहेको तातोपानी कुण्डमा पनि लिएर गएका थिए । उनको केही दिन अघि मात्र पनि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । विवाहको वार्षीक उत्सव मनाउनु केही दिन अघि मात्र सीतालाई अस्पतालवाट घर ल्याइएको हो । छोरीहरुले सीताको स्याहार गर्दै आएका छन् ।

केही दिन अघि गंगा दाहालले सीताको तस्बिर सार्वजनिक गर्दा उनको अवस्था निकै कमजोर देखिएपछि शुभचिन्तकहरुले चिन्ता ब्यक्त गरेका थिए । लामो समयपछि सीताको पछिल्लो अवस्थाको तस्बिर सार्वजनिक हुँदा उनको स्वास्थ्यमा थप समस्या भएको हो की भन्ने आँकलन गरिएको थियो । तर गंगाले आमाको अवस्था पहिलेकै जस्तो रहेको भन्दै जवाफ दिएकी थिइन् । तस्बिरमा सीता निकै कमजोर देखिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here