सास फेर्न गा’ह्रो भएपछि अस्पताल पु’गेका पु’रुषको ला’इन ला’ग्दाला’ग्दै मृ’त्यु, आफन्तले श’व पो’को पा’रेर फर्किए घर

0
118

बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् । ‘३/४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ ।

स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए ।

लाइनमा बस्दाबस्दै उनी ढले ।’ अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् । स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उनले बताए ।

कोहलपुर मेडिकल कलेजमा २२ वर्षीया संक्रमितको शल्यक्रियामार्फत निकालियो ३.७ किलोको बच्चा

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोभिड संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको छ । पेटभित्रको बच्चा ठूलो भएपछि एकहप्ता अगाडी नै शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

गुलरिया नगरपालिका-५ बर्दियाकी २२ वर्षीया महिलाको सफल शल्यक्रिया गरि बच्चा निकालिएको अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाले बताउनुभयो । बच्चाको तौल ३.७ किलो छ । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


ती महिलालाई १७ गते संक्रमण पुष्टि भएको थियो । प्रोफेसर डा मीता सिन्हा, स्त्रीरोग विशेषज्ञ डा कविता सिन्हा, डा गोमा रिमाल, डा सगुन शर्मा, डा शिशिर खड्का, डा श्यामा नन्दन शाह, नर्सहरु हरी गौतम, भगवति कार्की, तारा रेग्मीलगायतको टीमले सफल शल्यक्रिया गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here