नेपालमा भेटियो अचम्मको सर्प, ‘नाग देवता’ भन्दै पूजा ग’र्नेहरूको घुइँचो ॐ लेखी एक सेयर ग’र्नुहोस्म नोकामना पू’रा हुनेछ ।

0
134

नेपालमा भेटियो अचम्मको सर्प, ‘नाग देवता’ भन्दै पूजा गर्नेहरूको घुइँचो ॐ लेखी एक सेयर गर्नुहोस्म नोकामना पूरा हुनेछ ।

होत्तरीको बलवा नगरपालिका– ११ रौजागाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ । रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयवासीले पूजाआजा गर्दै आएका छन् । सो सर्पलाई स्थानीयवासीले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी हरु बताउछन् ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरुले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीयवासी वीरेन्द्र यादवले बताउनुभयो । सो सर्पलाई स्थानीयवासीले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरुले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीयवासी बताउँछन् ।

गाउँ नजिकैको वनछेऊ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजाराँै मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीयवासी जीतेन्द्र मण्डलले बताउनुभयो ।

शुरुशुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्पलाई देखेका थिए भने उनीहरु डराएर भागेका थिए । तर पछि सर्प केही नगरेको र नभागेपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए । त्यसै दिनदेखि आज १२ औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयवासीसहित छिमेकी गाउँका समेत व्यक्तिहरु पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here