आफ्नै श्रीमानले अर्को श्रीमती खोज्दे भन्दै दिए या त ना, श्रीमती र छोराछोरी सिध्याउन खानामा वि ष (भिडियो हेर्नुस्)

0
83

काठमाडौ । आफ्नै श्रीमानले तँ मलाई काम लाग्दिनस् मलाई पढे लेखेको श्रीमती चाहियो तैंले नै खोजी दे भन्दा त्यो श्रीमतीलाई कस्तो भयो होला ? यो काठमाडौमै भएको घटना हो । अरुको भाँडा माझेर छोराछोरी सहित तीन जनाको परिवार पाल्दै आएकी यि महिला अहिले भोकै सडकमा निस्किएकी छन् ।

श्रीमानवाट ज्यान जोगाउन भन्दै उनी छोराछोरी सहित सडकमा निस्किएकी हुन् । जति या त ना दिँदा पनि श्रीमती ननिस्किएपछि श्रीमानले खानामा वि ष हालेको महिलाको भनाई छ ।

यो घटना काठमाडौ बशन्तपुर प्रयागखालमा भएको हो । रिमा साइराम सेवा घरमा शरण लिन पुगेकी ति महिलाले घटना सुनाउँदा आफ्नो मन थाम्न सकिनन् । दुई छोराछोरी सहित महिला वेवारिसे सडकमा छन् भन्ने थाहा पाएपछि आश्रमवाट गएका महिलाहरुले उनलाई उद्दार गरेका हुन् । पदमकला रोकाय(कालिकोट) की २८ वर्षकी यि महिला ५ ठाउँमा भाँडा माझेर छोराछोरी पाल्दै आएकी थिइन् ।

श्रीमानले संधै या त ना दिएको थाहापाएपछि घरभेटीले पनि हामी तिम्रो जिम्मा लिन सक्दैनौं भनेर कोठावाट निकालिदिएको बताएकी छन् । उनका श्रीमान ब्यापारी हुन् । श्रीमानले १० लाख जसरी पनि निकाल नत्र तँ निस्किेर जा भनेर श्रीमतीलाई ध म्की दिएको उनको भनाई छ ।

घरमा ससुराको निधन भएको छ तर उनी किरिया गर्न पनि जान सकिनन् । घर गएपछि तँलाई जे पनि गर्न सक्छु भनेर चेतावनी दिएको उनको भनाई छ । घर जाँउ भने जे पनि गर्ला भन्ने डरले आफु जान नसकेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here