गोप्य अंगको परिक्षण गर्नुपर्छ भनेर सुइ लगाएपछि…..

0
43

काठमाडौ । निजगढ नगरपालिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्यकचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिलालाई गलत काम गरेका कारण अहिले प्रहरी हिरासतमा छन् । इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । एक जना महिला गर्भवती थिइन् । तर उनको बच्चा खेर गयो । त्यसपछि उनी उपचारका लागि स्वास्थ्य चौकी गइन् । आफ्नो सानिमासंग स्वास्थ्य चौकी गएकी थिइन् । अघिल्लो दिन उपचारका लागि जाँदा स्वास्थ्यकर्मीले आज समय छैन भोली आउनु भनेर भनेर पठाए । भोलीपल्ट उनी फेरी सानिमालाई लिएर गइन् ।

स्वास्थ्य चौकीमा उनको उपचार सुरु भयो । उनलाई स्वास्थ्यकर्मीले सलाइन् दिए । त्यतीनैबेला उनी निदाइन । उनीसंगै गएकी सानिमा पनि घरमा एउटा सानो काम गर्न बाँकी रहेका कारण ति युवतीलाई स्वास्थ्य चौकीमै छोडेर घर आइन् । त्यही मौकामा स्वास्थ्यकर्मी प्रमोद शाहले युवतीलाई एउटा सुई लगाइदिए । त्यसपछि ति युवती वे’हो’स हुन थालिन् । अनि स्वास्थ्यकर्मीले गोप्य अंगको परिक्षण गर्नुपर्छ भने । युवतीले मेरो गोप्य अंग जाँच गर्न दिन्न भनिन् । तर स्वास्थ्यकर्मीले ज’व’र’जस्ती तान्न लागे । त्यही अवस्थामा उनी त्यहाँवाट भा’गि’न् ।

वे’हो’स बनाउने सुइ लगाएका कारण उनी दौडिदै जाँदा घर नजिकै पुगेपछि फेरी वे’हो’स् भइन् । उनलाई फेरी त्यही स्वास्थ्यचौकीमा भर्ना गरेर आए । सुरुमा परिवारका अन्य सदस्यसंग गएर के के गर्नुपर्छ भनेर प्रश्न गर्दा उनले एउटा सलाइन् चढाउनुपर्ने र एउटा सुइ लगाउनुपर्ने बताएका थिए । त्यती बेला उनले शरिरको परिक्षणको कुरा गरेका थिएनन् । तर युवतीलाई एक्लै देखेपछि उनले सुई लगाएर वे’हो’स बनाएर गलत काम गर्न लागेका थिए । ति स्वास्थ्यकर्मीले यस अघि पनि युवतीलाई स्वास्थ्य परिक्षण गर्न जाँदा गलत तरिकाले छुन खोज्ने गरेका थिए । त्यो दिन उनले महिलाको इच्छा विपरित उनको शरिरमा हात लगाएपछि यो कुरा कसैलाई नभन्नु समेत भनेका थिए । अहिले ति स्वास्थ्य सहायक प्रहरी हिरासतमा छन् ।

अन्य समाचार, कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।

स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् ।
मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।

प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here