आफ्ना बाबुको शव अगाडि राखेर छोरीले गरिन् विवाह, यस्तो विवसता थाहा पाएर आउने छ आँशु

0
573

एजेन्सी । कहिले काँही परिस्थितीले मानिसलाई यति लाचार बनाइदिन्छ की परिस्थितीसंग झुक्नु वाहेक उसंग कुनै उपाय हुँदैन । भारतको विहारमा एक छोरीले बुवाको शव अगाडी राखेर विवाह गर्नु परेको छ । यसको कारण सुनेर सबैको आँखा रसाउने छ । बिहारको सारणमा भएको एउटा घटनाले विवसताको बयान गर्छ ।

सारानको अमनौर पञ्चायतको खोरी पारको गोविन्द गाउँमा छोरीको जन्ती आउनु भन्दा अघि बुवाको निधन भयो । दुलही लिन जन्ती आँगनमा आइसकेको थियो । वुवाको निधन भएपछि गाउँलेहरु अलमलमा परे । उनीहरु निकै निम्न वर्गिय परिवारका थिए । वुवाको हार्ट अ ट्या कको कारण मृत्यु भएको थियो । वुवाको निधन पछि छोरीको जिम्मेवारी पुरा गरिदिने पनि कोही थिन् ।

विपन्न परिवारकी ति छोरी वुवाको निधनले निकै दुखी भइन् । तर पनि बुवाको शव राखेर छोरीले विवाहको सबै प्रकृया पुरा गर्नुपरेको थियो । छिमेकी गाउँवाट विन्का सिंहकी छोरी रिंकुको लागि जन्ती आएको थियो । परिवारको गरीबी देखेर गाउँलेहरूले विवाह स्थगित गर्नु ठीक ठानेनन् र छोरीलाई मन्दिरमा लगेर विवाह गरिदिए । छोरीको विवाह सकेर उनको विदाई गरिदिएपछि वुवाको शव उठाइएको थियो । छोरीको बिदाई भएपछि मात्र बुबाको दाहसंस्कार गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here