बैतडीमा दुलाहा–दुलही सहित जन्ती बोकेको जिप दुर्घटना, एकजनाको मृत्यु्

0
84

महेन्द्रनगर । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । सोमबार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा–दुलही घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक जाँदै गरेको सु.प्र.प. ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक जोशी दुलाहाका काका हुन् । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन् भने दुलाहा–दुलही सामान्य घाइते भएका प्रहरीले जनाएको छ । आइतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो ।

विवाह सकेर आइतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here