श्रीमानको निधन पछि देवरसंग दोस्रो विवाह, बेहुली लिएर घर फर्कदा भएको दु’र्घ’ट’ना’मा बेहुलीको मृ’त्यु

0
133

एजेन्सी । जिवनमा आएको खुसी एक दिन पनि पुरा हुन नपाउँदै महिलाले संसार छोडेकी छन् । श्रीमानको निधन पछि दोस्रो विवाह गरेको भोलीपल्टै महिलाको पनि दुर्घटनामा निधन भएको छ । यो घटना यूपीको फर्रुखाबाद जिल्लामा भएको हो । अनियन्त्रित कार रूखमा ठ क्क र खा ए र दुर्घटना भयो जसमा वेहुलीले ज्यान गुमाइन् ।

गत बर्ष उनको श्रीमानको मृत्यु पछि देवरसंग विवाह गरेर उनी घर जाँदै थिइन् । घटनामा उनका वेहुला पति सहित सात नातेदार घाइते भएका छन्। एक दिन पनि सिउँदोमा सिन्दूर सजाउन नपाई वेहुलीको सडक दुर्घटनामा मृत्यु भएको छ ।

कायमगंजको शिवाला भवनमा बुधवार सामूहिक विवाह समारोह भएको थियो। फतेहगढको गाउँ नया नगला महरुपुर सहजु निवासी प्रदीप जाटवले दाजुको निधन पछि भाउजु किरणसंग विवाह गरेका थिए । यस पछि, परिवार कारमा घर फर्कदै थिए। साँझ ७ बजेतिर नवाबगंज प्रहरी चौकीको शुकरुल्लापुर गाउँ नजिकै तिब्र गतिमा रहेको कार अनियन्त्रित भई रूखमा ठो क्कि यो ।

यस दुर्घटनामा नवविवाहित किरण, प्रदीपका काकी सीमा, काका सतीश, लकी र चिब्रामऊको गाउँ कुबेरपुर बनवारी निवासी बहिनी ज्वाई नीरज, बहिनी प्रियंका र फतेहगढ गाउँ हुसेनपुर नौखण्डका निवासी सुरेशचन्द्र घाइते भए ।

विवाह कार्यक्रमबाट फर्केका अन्य जन्तीले घाइतेलाई बाहिर निकाले र निजी वाहनमा लोहिया अस्पतालमा भर्ना गरे। दुर्घटना पछि कार चालक घटनास्थलबाट फरार भयो। अस्पतालमा डा राजकिशोरले वेहुली किरणलाई मृ त घोषित गरे। अन्य घाइतेमध्ये चारजनाको अवस्था ग म्भी र थियो ।चार व्यक्तिलाई उपचार पछि डिस्चार्ज गरियो। किरणको एक छोरो लकी छ। परिवारका सदस्यहरूको सहमतिले भाई प्रदीपसँग बिहे गर्ने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here