फोहोर टिप्ने ह्याण्डसमहरुको आर्कषक कमाई सुनेर छक्क पर्नुहुनेछ तपाई, भन्छन् सबै कुरा राम्रै लाग्छ तर खाते भन्दा मन दुख्छ

0
93

काठमाडौं- काठमाण्डौंको कलंकीमा केहि यूवाहरु घरघरबाट संकलित फोहोर मिलाउँदैछन् । उनीहरुले दिनभरी लगाएर कलंकी वरपरका घरबाट फोहोर ल्याए । फोहोरको बर्गीकरण गरेर तत्काल बेच्ने मिल्ने छुट्टै अनि फाल्ने फोहोर छुट्टै बनाएका छन् ।

बेच्न मिल्ने फोहोर तत्कालै बेचर उनीहरुले पैसा पार्नेछन् भने अरु फोहोर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापना गर्नुपर्ने उनिहरुको भनाइ छ । यो समुहमा प्रदेश नम्वर २ को वीरगञ्जदेखि नुवाकोट लगाएतका जिल्लाका यूवाहरु छन् ।

उनिहरुले काठमाण्डौंमै सकृय रहेको एउटा सामाजिक सस्थामा आवद्ध भएर फोहोर संकलन र त्यसको व्यवस्थापनको काममा जुटेका हुन् । यसरी फोहोर टिप्दै हिड्दा समाजले आफुहरुलाई नराम्रो सोच्ने गरेकोमा उनिहरुको दुखेसो छ । उनीहरुलाई फोहोरवाला, खाते भन्दा निकै मन दुख्ने रहेछ ।

‘खाते नै भनेपनि हामीले आफ्नो काम छौ र सफा छ’ फोहोर मिलाउँदै गरेका एक यूवाले भने । अब भने उनिहरुलाइ समाजले प्रहार गर्ने तिखो बाणले बिझाउन छोडिसकेको छ ।भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here