३ महिना देखि २५ बर्से अन्जना हस्पिटल मा अलपत्र छिन् …….२ बच्चाको बिजोक भयो ( पुरा भिडियो सहित )

0
108

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ‘मेरो कित्ता’ कार्यक्रम सुरु, अब घरमै बसेर जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने काठमाडौं । सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे ।

यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने भएको छ ।जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।यो सेवा पहिलाे चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदै छ । यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा याे सेवा लागू हुने विभगले जनाएकाे छ ।

त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्ताे सेवा प्रदान गरिने विभागका सूचना अधिकारी दामाेदर ढकालले बताए ।‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको छ ।यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

याे सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेराे कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पुरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् ।

याे सुविधासँगै घर बनाउन, बैंकबाट कर्जा लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ ।भोलिदेखि आयल निगममा ईआरपी प्रणाली, ट्याङ्करको निगरानी अनलाइनबाटै हुनेकाठमाडाैं । नेपाल आयल निगम भाेलिदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन) देखि पूर्ण रूपमा कार्यान्वयन गर्ने तयारी निगम जुटेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here