कारले साइकल हान्यो, कार नै भयो कच्याक कुचुक, साइकल जस्ताको तस्तै (भिडियो हेर्नुहोस्)

0
119

कार र साइकल जुध्दा साइकलको के हाल हुन्छ होला? सबैले अनुमान गर्ने कुरा हो, किनभने साइकल नै कच्याककुचुक भएको हामीले देख्दै आएको छौं । तर, चीनमा भने ठ्याक्कै उल्टो भएको छ । चीनको एक शहरमा कारसँग ठोक्किएको साइकल ठीक अवस्थामा छ भने कारमा उल्टै क्षति पुगेको छ ।

चीनको दक्षिणी भेगको सेनजेन भन्ने उक्त शहरमा कार र साइकल जुध्दा कार नै कच्याक कुचुक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यस खबरलाई अचम्म लाग्दो खबर भएको बताएका छन् । द्रुतगतीमा आएको कारसँग ठोक्किएको साइकल ठीक अवस्थामा छ भने कारको अगाडिको भाग टु टे को छ । चीनमा भाइरल बनेको यस घटनाको भिडियोलाई धेरैले झुटो भनेका थिए, तर, सो शहरकै प्रहरीले उक्त भिडियो इन्टरनेटमा हालेपछि सबै चकित परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here