६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगेका युवकले भने,‘यी सबै बच्चाको पिता म नै हुँ’

0
75

एजेन्सी । कुनै पनि पुरुषले एक पटकमा एकजना महिलालाई गर्भवती बनाउन सक्छ र त्यो गर्भको बच्चा मेरो हो भन्न सक्छ । एकै पटकमा ६ जना महिलालाई गर्भवती बनाउन कुनै पुरुषले सक्दैनन् । तर नाइजेरियाका प्रिटी माइक नामक गरेका एक पुरुषले आफुले ६ जना महिलालाई एकैपटक गर्भवती बनाएको बताएका छन् ।

प्रिटी माइकले ६ जना गर्भवती महिलाको गर्भमा हुर्कि रहेको बच्चा आफ्नै हो भनेर सोशल मिडियामा ती सबै ६ जना गर्भवती महिलाहरुकै तस्वीरलाई सार्वजनिक पनि गरेका छन् । उनले यो कुरा एक विवाह समारोहमा गएका बेला सबैलाई बताएर चकित पारिदिएका छन् ।

उनले आफुले गर्भवती बनाएका ६ जना नै गर्भवती महिलालाई लिएर विबाह समारोहमा पुगे र ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्ति ती ६ जना गर्भवती महिलाहरुसंगै भएको फोटो सोसल मिडियामा अहिले भाइरल भईरहेको छ ।

प्रिटी माइक ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आ’प’त्ति’जनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।

प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ । सोसल मिडियामा प्रिटी माइकले आफू सबैभन्दा राम्रो जीवनयापन गरिरहेको बताउँदै यो कुनै एक्टिङ ट्रिक नभएको बताएका छन् ।

इन्स्टाग्राममा धेरैले उनलाई दुलहा–दुलहीलाई ओझेलमा पारेको आरोप लगाएका छन् । प्लेबोयको रुपमा चर्चित यी व्यक्ति आफ्नो ग्ल्यामरस लाइफको फोटो सोसल मिडियामा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा प्रिटी माइकका तीन लाख बढी फलोआर्स छन् । तस्विर तल हेर्नुहोस




LEAVE A REPLY

Please enter your comment!
Please enter your name here