स्वास्थ्यमन्त्रालय दियो क’डा नि’र्देशन : काठमाडौमा अब यस्ता ब्यवसाय ब’न्द, २५ जना भेला हुन पनि नपाइने

0
171

काठमाडौ । कोरोनाको महामारी फेरी फैलन सक्ने संकेत देखिएपछि अब फेरी कडा स्वास्थ्य मापदण्ड सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको छ । तर, मन्त्रालयले सबै स्थानमा भन्दापनि मापदण्ड पालना नभएको ठाउँमा यस्तो लागु गर्न सिफारिश गरेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको संकेत देखिएपछि मन्त्रालयले यस्तो सिफारिस गरेको हो । कोरोनाको यस्तो अवस्था भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द सिफारिस गरेको छ । मन्त्रालयले कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको हो।

‘पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकामा कोरोना बढ्दै गएको पाइएपछि मन्त्रालय शैक्षिक संस्था बन्द गराउने मनस्थितिमा पुगेको छ । शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गराउने पक्षमा मन्त्रालयले उक्त सिफारिस गरेको जनाईएको छ ।

बुधबारमात्रै मन्त्रालयले रात्री कालिन व्यवसाय राती नौ बजेपछि बन्द गर्ने निणर्य गरेको थियो । तर, मन्त्रीपरिषद्ले आधिकारिक निर्णय गरेको छैन् । सरकारले आधिकारिक निर्णय नगरेकाले होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले भने मन्त्रालयको निर्णय आफूहरुलाई मान्य नरहेको बताउँदै उक्त निर्णयको विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here