२८ करोड कर छली गरेको आरोपमा आँखा नदेख्ने सुकुम्बासी उमाशंकर नख्खु लाई जे`लमा !

0
136

२८ करोड कर छली गरेको आरोपमा आँखा नदेख्ने सुकुम्बासी उमाशंकर नख्खु लाई जे`लमा ! बाराको परवानीपुर गाउँपालिका -१ अन्तर्गतको बुनियाद( नितनपुर सडक किनारका टहरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रा- समा बाँचिरहेका छन् ।

राजस्व छली गर्ने गि- रोहले उनीहरूका कागजपत्र दुरुपयोग गर्दै कम्पनी खडा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मजदुरी गरेर पेट पालिरहेका निमुखा दो- षी बनेका छन् । सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अपांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गरेर कर छली गरेको छ ।

दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मु- द्दा दायर गरेको छ । अदालतको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न काठमाडौंस्थित राजस्व कार्यालय गएका थिए ।

तर, उनलाई त्यहीँबाट प-क्राउ गरेर नख्खु कारागार च-लान गरियो । अहिले पनि उनी कारागारमै छन् । ‘हामी गरिबलाई फसाइयो,भतिजालाई लिएर बुझ्न गएको थिएँ, उसलाई उतैबाट समातेर जे-ल हाल्यो,’ रूपनारायणले भने, ‘गरिबको कोही भएन ।’ याे समाचार आजकाे नयाँ पत्रिकामा रहेकाे छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here