अस्पताल जलिरह्यो, डाक्टरहरुले मुटुको अपरेशन गरिरहे…

0
118

मस्को – रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । साथै अपरेशन चलिरहँदा अग्नी नियन्त्रकहरुले आगो निभाइरहेका थिए । तर आगलागीका कारण कोही पनि घाइते नभएको बताइएको छ ।

रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो । आगो लागिरहँदा ती बिरामीको अपरेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए । आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ । रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो ।

यो पनि – नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिन्छु : प्रधानमन्त्री ओली
.
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ, आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’

सरकारले एकपछि अर्काे नयाँ काम र योजनाको थालनी गरिरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानीलगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उहाँले बताउनुभयो ।

देशलाई सुरुङमार्गमा लैजानेलगायत धेरै काम सरकारले गरेको उहाँले बताउनुभयो । बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here