जब एक महिला आफ्ना छोराछोरी सहित देह त्याग गर्ने अनुमति माग्न राष्ट्रपतिकहाँ पुगेपछी… (भिडियो)

0
139

एजेन्सी । एक महिला यति जाजित भइन् की राष्ट्रपति समक्ष मृ त्यु वरण गर्ने अनुमति माग्न पुगेकी छन् । यो घटना भारतको राजस्थानको हो । उनी राष्ट्रपति समक्ष यस्तो माग लिएर पुगेकी हुन् । आफ्ना सन्तान सहित उनी संसारवाटै विदा हुन चाहन्छिन् । जसको अनुमतिका लागि उनी राष्टपतिलाई निवेदन दिन पुगेकी हुन् । उनका तीन सन्तान छन् । यो घटना अजमेरको पटेल नगरको हो।

यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला प्रहरी कार्यालयमा पुगीन् । उनले राष्ट्रपतिका नाममा लेखेको पत्र प्रहरीलाई दिइन् । जसमा मृ त्यु वरण गर्ने अधिकार दिन अनुमति मागिएको थियो । देह त्याग गर्नका लागि अनुमति मागिएको पत्र देखेर प्रहरी पनि छक्क परे । उनले श्रीमान् सहित परिवारका सदस्यले पटक पटक बच्चाहरूसहित आफूलाई घरबाट निकाल्ने चेतावनी दिए पछि उनले दिक्क भएर यस्तो निर्णयमा पुगेको बताएकी छन् ।

ती महिलाको नाम सोनु चौहान हो । मेरो विवाह २००७ जनवरी २९ मा भएको हो । मेरो श्रीमान् सासु र नन्दले मलाई मन पराउनुहुन्न । धेरै वर्षदेखि मैले यो पी डा सहदै आएकी छु । म १३ र ९ वर्षकी छोरी तथा ५ वर्षको छोरासहित ४ वर्षदेखि छुट्टै बस्दै आएकी छु ।

र, मलाई परिवारका सदस्यहरूले यहाँ पनि बस्न दिन्नन्, उनले ज्ञापन पत्रमा लेखेकी छन् । महिलाले श्रीमानले सधै झ ग डा गर्ने गरेको आरोप लगाएकी छन् । १४ वर्षदेखि श्रीमान् ले नियमित दुःख दिनेगरेको उनको दुखेसो छ । उनले यस्तो अवस्थामा अब आफूलाई निकै कठिन भएकाले संसार छोड्न चाहेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here