जे नहुनु थियो आखिर त्यही भयो, श्रीमान विदेशवाट आउना साथ हराएकी सीता ८ दिन पछि यस्तो अवस्थामा फेला परिन् (भिडियो हेर्नुस्)

0
1049

काठमाडौ । श्रीमान विदेशवाट आएको केही दिनमै हराएकी सीता परियार ८ दिन पछि मृ त अवस्थामा फेला परेकी छन् । आखिर जे घटना नहोस् भन्ने आफन्तले चाहेका थिए त्यही भएको छ । राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए । उनको श्रीमती सीता परियार त्यसको केही दिनवाट नै सम्पर्क विहिन भएकी थिइन् । उनलाई एक स्थानियले खोलामा हा म फा ल्दै गरेको अवस्थामा देखेको भनेको भएपनि विश्वास गरिएको थिएन ।

उनी कतै लु के र बसेको हुनसक्ने आशंका गरिएको थियो । तर हराएको ८ दिन पछि उनी फेला परेकी छन् । प्रहरी र स्थानियको सहायताले खोलामा खोजी गर्दा फेला नपरेकी उनी शनिवार स्क्याभेटर ल्याएर खोजी गरेपछि फेला परेकी हुन् । उनी मृ त फेला परेको प्रहरीले जनाएको छ ।

सीताको माइती पक्षले आफ्नो छोरीलाई त्यस्तो निर्णय लिन वाध्य पारिएको आरोप लगाएका छन् । उनीहरुले सीताको श्रीमानले अरु युवतीसंग लागेको थाहा पाएपछि सीताले त्यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा राजलाई अर्कै महिलासंग बसेको फोटो देखेको पनि बताएका छन् । त्यो फोटो राजुको छोरीले पनि देखेकी थिइन् । एक वर्ष अघि त्यसरी फेसवुकमा तस्बिर देखिनु र अहिले राजु नेपाल आउँदा पनि ति महिला एउटै प्लेनमा आएको पनि खुलेको छ ।

माइतीले भने सीता कतै भएको हुनसक्ने भन्दै ज्योतिषकहाँ हेराउन पनि पुगेका थिए । ज्योतिषले उनी जंगलमा भएको हुनसक्ने बताएका थिए । तर जंगलमा खोजी गर्दा उनी फेला परेकी थिइनन् । सीताका दाईले बहिनीले यस्तो निर्णय लिइन् होला भन्ने आफुले कल्पना पनि नगरेको बताएका छन् । उनले श्रीमानको अन्य महिलासंग पनि सम्बन्ध रहेको थाहा पाएपछि यस्तो निर्णय लिएको हुनसक्ने माइती पक्षको आरोप छ । सीताले श्रीमानले विदेशवाट पठाएको पैसाले घर बनाउन लागेकी थिइन् । त्यो घर पनि अहिले आधामै रोकिएको छ ।

गाउँमा पनि सीतालाई नराम्रो भन्ने कोही छैन । आँखामा राख्दा पनि नबिझाउने स्वभावकी सीताले किन यस्तो निर्णय गरिन् भन्ने अहिले निकै रहस्यमय भएको छ । ज्वाई नेपाल आएको बारे आफुहरुलाई जानकारी नभएको माइती पक्षको भनाई छ । ज्वाई कहिले आउनुभयो भन्ने हामीलाई थाहा छैन, घरमा केही कारण नभई किन कसैले पनि यस्तो कठोर निर्णय लिन सक्दैन त्यो कुरा छानविन हुनुपर्छ सीताको भाउजुले भनिन्, ज्वाइंले अर्को श्रीमती पाउनुहोला तर मेरा भान्जा भान्जीले अब आमा त कहिल्यै पाउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here