भारतमा फेरी खतरा बढेपछि दिनहुँ हजारौको संख्यामा नेपाली घर फर्कदै

0
114

काठमाडौ । भारतमा फेरी स्वास्थ्य खतरा बढेपछि घर फर्कने नेपालीहरुको लर्को लागेको छ । जसका कारण नेपालको सिमा क्षेत्रमा पनि खतरा बढेको हो । भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएको छ । यो पहिलाको भन्दा थप खतरनाक भएको बताइएको छ । भारतमा दैनिक मजदुरी गर्न गएका नेपालीहरु दिनहुँ लर्को लागेर फर्कने गरेका छन् । जसका कारण नेपालको सिमा क्षेत्रमा पनि कोरोनाको खतरा बढेको छ । सिमानाका जिल्लाहरुमा संक्रमितको संख्या पनि थपिदै जान थालेको छ भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेको र कतिपय ठाउँमा लकडाउन समेत घोषणा भएका कारण नेपालीहरु फर्कन थालेका हुन् । लकडाउनका कारण नेपालीहरु वेरोजगार बन्न थालेपछि घर फर्किएका छन् ।

भारतमा कोरोना फेरि तीव्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने डरले आफूहरु फर्किन बाध्य भएको नेपालीको भनाई छ । अहिले सुदुरपश्चिमका जिल्लाहरुमा घर फर्कने नेपालीको लर्को लागेको छ । भारतमा बिचल्ली पर्ने डरले घर फर्किएको कैलालीको टीकापुरका विवेक परियार बताएका छन् ।अहिले कोरोना तीव्र बनेका दिल्ली, पञ्जाब, महाराष्ट्र, गुजरात र देहरादुन लगायत सहरबाट नेपालीहरु धमाधम स्वदेश फिर्ता हुन थालेका हुन्। अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक एक हजारको हाराहारीमा नेपालीहरु स्वदेश फिर्ता भइरहेका छन्।

पछिल्लो एक साताको अवधिमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट ८ हजार १ सय ३५ जनास्वदेश फर्किएका छन्। यस्तै गड्डाचौकी नाकाबाट दिनहुँ दुई÷अढाई सयको संख्यामा भारततर्फ पनि गइरहेका छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्लो एक सातामा २ हजार ५ सय ३३ जना स्वदेश र गौरीफन्टा नाकाबाट ५ हजार ६ सय २ जना नागरिक स्वदेश फर्किएको प्रहरीको तथ्यांक छ।

यसरी फर्किनेहरुमा अधिकांस सुदूरपश्चिम र कर्णाली प्रदेशका रहेका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय भारतबाट फर्किएका एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ हजार ११८ पुगेको छ। तीमध्ये १४ हजार संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here