त्यो बर्थ डे पार्टी, जसका कारण कोटेश्वरमा एकाबिहानै यसरी गयो जीतमको ज्यान

0
149

मान्छेको जीवन कहिलेसम्म छ त्यो कसैलाई थाहा हुँदैन । यस्तै एक घटना काठमाण्डौंमा भएको छ । काठमाण्डौंका केही युवाले साथीको जन्मदिन धुमधामसँग मनाए । उनीहरुले जन्मदिनमा रमाइलो गरेर बिहान सबेरै आफ्नो गन्तब्य तिर लागे तर जीतम गुभाजु भने घर पुग्न पाएनन् । कोटेश्वर नजिकैको जडिबुटीमा उनी समेत सवार कार दुर्घटनामा २१ बर्षे जीतमको मृ त्यू भएको छ । बिहानै भएको दुर्घटनामा कार चालक सामान्य घा इते भएका छन् ।

प्रहरीका अनुसार तिब्र गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पे टी मा ठो क्किँ दा का रमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा नि ध न भएको हो ।

सामान्य घा इते भएका कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ र क्षति-ग्रस्त कार महानगरीय प्रहरी प्रभाग काँडाघारीमा रहेको बताइएको छ । प्रहरीका अनुसार शव पोष्ट मार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृ त घोषणा गरे । जीतमसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय रेलिङमा ठो क्कि ए र दुर्घटना भएको हो ।

गाडी समेत नचिनिने गरि दुर्घटनामा गोभाजुको ज्यान गएपछि चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नि य न्त्र णमा लिएको थियो । श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किएका थिए । डीएसपी बस्नेतका अनुसार ‘दुर्घटना हुने वित्तिकै स्थानीयले खबर गरिहाले, लगत्तै प्रहरी पुगेर उद्दार गरेको थियो’ ।

अर्को समाचार अनुसार, वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले रासससँग

सङ्क्षिप्त कुरा गर्दै आज बसेको कार्यपरामर्श समितिको बैठकले सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावसम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताउनुभयो । (तस्वीर: दीपक समिरको फेसबुक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here