नेपालकाे कैलालीमा अतिनै दुर्लभ रहेकाे `साल माछा´ भेटियाे, हेर्न आउनकाे घुईचाे लाग्दै (हेर्नुहाेस्)

0
21730

नेपालकाे कैलालीमा अतिनै दुर्लभ रहेकाे `साल माछा´ भेटियाे, हेर्न आउनकाे घुईचाे लाग्दै (हेर्नुहाेस्) । कैलालीमा अति दुर्लभ साल माछा फेला परेको छ । कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा फेला परेको हो ।


बुधवार राती स्थानीयको घरमा पस्न खोजेपछि स्थानीयले समातेर भाँडो राखेर प्रहरीलाई खबर गरेका थिए । उद्धार गरिएको उक्त माछालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।


साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा पर्छ । नेपालमा वर्षेनी यसको खपेटाको लागि चोरी तस्करी हुँदै आएको छ । काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here