झापामा लिम्बू परिवारमा घट्यो नसोचेको घटना/आफ्नै बाजेले नातीलाई झुन्डाएर मा रेको आरोप/प्रमाणसहित आए

0
373

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं । ब्राजिलले फाइभजी नेटवर्क विस्तारमा ह्वावेमाथि प्रतिबन्ध नलगाउने भएको छ । संयुक्त राज्य अमेरिका र कतिपय युरोपेली मुलुकले चिनियाँ कम्पनी ह्वावे प्रविधिमाथि प्रतिबन्ध लगाएका कारण ब्राजिलले पनि उस्तै निर्णय गर्ने अनुमान गरिएको थियो ।

तर, हालैमात्र ब्राजिलकाे राष्ट्रिय दूरसञ्चार एजेन्सीले फाइभजीको बोलकबोल नीति पारित गरेको छ । मस्याैदामा ह्वावेलाई प्रतिबन्ध लगाउने प्रावधान राखिएपनि पास भएको नीतिमा भने साे विषय सामावेश नगरिएकाे बताइएकाे छ ।साे नीतिकाे पूर्णपाठ भने हालसम्म बाहिर आएको छैन । तर, विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वावे सहभागी हुनसक्ने गरी प्रावधान राखिएकाे छ ।

यसअघि ब्राजिलका सेवाप्रदायकले पनि यदि ह्वावेलाई सहभागी नगराउने हो भने हाल प्रयोगमा रहेको पूर्वाधारलाई हटाएर नयाँ पूर्वाधार खडा गरी सेवा उपलब्ध गराउन खर्बौ रकम खर्च हुने बताएका थिए ।हाल ब्राजिलको दूरसञ्चार क्षेत्रमा प्रयोग भएको पूर्वाधारमध्ये ५० प्रतिशत हिस्सा ह्वावेकै रहेको छ । त्यसैले पनि सरकारले ह्वावेलाई फाइभजीमा सहभागी नगराउने प्रावधानबाट पछि हटेको हुनसक्ने अनुमान गरिएकाे छ ।नयाँ नियम अनुसार सहभागी हुने कम्पनीले सन् २०२२ सम्म फाइभजी विस्तार गरिसक्नुपर्ने उल्लेख छ । ब्राजिलले हाल फोरजीमा प्रयोग भइरहेकै फ्रिक्वेन्सीमा फाइभजी उपलब्ध गराउने बताएको छ ।

ई-सिमका लागि के गर्दैछन् नेपालका मोबाइल सेवाप्रदायक ?काठमाडौं । सामान्यतया सिम भन्ने बित्तिकै हामी के सम्झन्छौं ? त्यही प्लास्टिकले बनेको चिप जडित सानो कार्ड । जसलाई मोबाइलमा राखेर फोन गर्न र डेटा चलाउन सकिन्छ । चाहे त्यो माइक्रो, मिनी वा न्यानो किन नहोस् ।तर, अहिलेको समयमा त्यतिले मात्रै सिमलाई बुझ्दा अपूर्ण हुन्छ । देख्दा प्लास्टिकले बनेको सानो कार्ड भएता पनि त्यसमा मोबाइल नम्बर, कन्ट्याक्ट नम्बर स्टोर गर्न सकिने स्टोरेज लगायतका जानकारी हुन्छन् ।

मोबाइल परिवर्तन गर्नुपर्दा पनि सिम निकालेर अर्को फोनमा राख्न मिल्छ । जसले गर्दा सहज हुने गर्छ ।त्यसलाई पनि अझ सहज बनाउने क्रममा पछिल्लो समय ई–सिमको सुरुवात भएको छ । जसले फिजिकल (भौतिक) रुपमा उपलब्ध हुने प्लास्टिकका साना कार्डलाई नै विस्थापित गरी दिएको छ ।यससँगै मोबाइल डिभाइसमै सिम कार्ड इम्बेड भएर आउन थालेका छन् । जसमा भएको डेटा हामी एउटा फोनबाट अर्को फोनमा सार्न पनि सक्छौं ।यति मात्र होइन, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । यसको अर्थ तपाईंले सिमकार्ड ननिकालेरै अर्को मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिन सक्नुहुन्छ ।

यसको अर्को फाइदा भनेको सिम कार्ड राख्नका लागि मोबाइल डिभाइसमा छुट्टै स्थान नै बनाउनु पर्ने छैन । यस्तो अवस्थामा स्मार्ट वाच तथा फिटनेस डिभाइसमा समेत सिम प्रयोग गर्न सकिन्छ ।यसरी डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भविष्यमा फिजिकल (भौतिक) सिम कार्डलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नसक्ने संभावना प्रबल छ । यद्यपी हालसम्म ई–सिम उपलब्ध गराउने टेलिकम सेवा प्रदायक र ई–सिम सपोर्ट गर्ने मोबाइल डिभाइसको संख्या त्यति धेरै छैन ।

त्यसो त विश्वका कतिपय देशका मोबाइल सेवाप्रदायकले ई-सिम सपोर्ट गर्ने सिस्टम बनाइ सकेका छन् । भारतका एयरटेल र जियो जस्ता कम्पनीले समेत यस्तो सपोर्ट उपलब्ध गराउन सुरु गरिसकेका छन् ।हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज ‍फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका आईफोनले ई–सिम सपोर्ट गर्दछन् ।त्यस्तै गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल र पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ । यसका साथै सामसङको ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here