साथीको बिहेमा ६ गर्भवती महिलाहरुसहित गएका एक व्यक्तिकाे अचम्मको हर्कत

0
109

एजेन्सी । कुनै पनि वैवाहिक समारोहको मुख्य आकर्षणको केन्द्र बरबधु नै हुन्छन । किनकी वैवाहिक समारोह भनेको बरबधु दुवैजनाको जीवनको नौलो अध्यय शुरु भएको मानिने औपचारिक क्षण हो ।

तर नाइजेरियामा हालै भएको एक विवाह समारोहमा सबैको ध्यान बर बधु तर्फ भन्दा अन्तै मोडियो । यसको मुख्य कारण हो, नाइजेरियामा प्ले ब्वायका रुपमा प्रख्यात प्रीटी माइक ।

माइक आफ्ना साथी विलियम्स उचेम्बाको वैवाहिक समारोहमा गएका थिए । उनले आफुसंगै ६ जना गर्भवती युवतीहरलाई पनि लगेका थिए । त्यति मात्र हैन, त्यो भब्य विहे पार्टीमा माइकले निकै अचम्मको घोषणा पनि गरे ।

यही घोषणाका कारण वैवाहिक समारोहका मुख्य पात्र बरबधु तर्फ भन्दा माइक तर्फ सबैको ध्यान तानियो ।

माइकले त्यसबेला ती ६ जना सुन्दर महिलाहरुको गर्भमा रहेको बच्चाको पिता आफु भएको खुलासा गरेका थिए ।

यही खुलासाले बिहे पार्टीमा आएका सबैलाई चकित तुल्यायो । ६ जना गर्भवती महिलाहरुलाई अंगालो हालेर खिचिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

माइकले ईन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन, “मैले मेरो राम्रो र सुखी जिन्दगी बाँचिरहेको छु । यो कुनै अभिनय वा ट्रिक हैन ।” उनको पोस्टमा थुप्रैले प्रतिकृया पनि दिएका छन ।

उनीहरुले भनेका छन, “तिम्रो यो हर्कतले बिहे पार्टीमा रमाइलो गरिरहेका बरबधुको आनन्द चकनाचुर भएको छ । किनकी सबैको ध्यान बरबधु तर्फ नभै तिमी तिर मात्रै तानियो । बरबधुलाई कसैले पनि वास्ता गरेनन् ।”

निकै रसिक र शौखिन स्वभावका माइक प्राय कुनै न कुनै विषयले चर्चामा आइरहने ब्यक्ति हुन । यसअघि सन २०१७ मा पनि महिलाहरुको आपत्तिजनक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा पक्राउ परेको द सनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here