एक हजारको अचारबाट करोडको यात्रा, भक्कानिदैं सम्झिए संघर्षका ति कहाली लाग्दो क्षणहरु (भिडियो सहित)

0
68

असफलता नै सफलताको जननी हो अनि अध्याधिक ताप र चापले नै अमूल्य हिरा बन्छ, यो भनाई यत्तिकै बनेको होइन । यो भनाईलाई प्रमाणित गर्न सफल एक महिला व्यवसायी जो अनेकौं कठिनाईलाई छिचोलेर आज सफल बनेकी छिन्, उनी हुन् धादिङकी बसुमाया तामाङ । विगत १० बर्ष पहिले करिब एक हजारबाट सुरु गरेको उनको अचारको व्यवसाय अहिले करोडको कारोबार गर्दै छ । तर बसुमायाले आफ्नो तितो विगत अनि अप्ठ्यारो धरातल अझै सम्झिरहन्छन् । आखिर यो यात्रा सम्म आइपुग्दा उनले कस्ता कस्ता कठिनाईहरु सहनु पर्यो त ? हेर्नुहोस् यो भिडियो…

पढ्नुहोस् : पहिलो पल्ट नेपालमै बन्यो उत्कृष्ट बाईक, ७० रुपैंयाको चार्जले २०० कि.मि. दौडने :- पछिल्लो समय नेपाल पनि विज्ञान र प्रविधिको क्षेत्रका अग्रसर बनिरहेको छ । नेपाली वैज्ञानिकहरु होस् या इन्जिनियरहरु, आ आफ्नै तह तप्काबाट जोड तोडका साथ लागिरहेको तपाई हामीले देख्दै पढ्दै आएका छौ । त्यसो त पछिल्लो समय बिजुलीबाट चल्ने यात्री मोटरसाइकल सार्वजानिक भएको छ, जुन नेपाली युवाहरुको टिमले बनाएका हुन् । अन्य मोटरसाइकलहरु भन्दा धेरै गुणहरुले फरक यात्री आखिर कसरी बन्यो अनि कस्तो बन्यो त ? यात्री चढ्नेहरुले कस्तो सुविधाहरु पाउनेछन् त ? यात्री नै किन चढ्ने त

यो पनि पढ्नुहोस् : चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि : – पोखरामा गत फागुन १७ गतेदेखि सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारासहित केएन स्पोर्टस प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।जीतका लागि चितवनले दिएको ७३ रनको सामान्य लक्ष्य जनकपुरले १५ ओभरको पाँचौँ बलमा पाँच विकेटको क्षतिमा भेट्टाएर उपाधिसहित ट्रफी तथा नगद रु ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो । टस जितेर शुरुआतमा ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा जम्मा ७२ रनमात्र जोड्न सफल भयो ।

चितवनका रोविन शर्माले १५ तथा सङ्घर्ष पौडेलले १२ रनको पारी खेल्नु भए पनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । जनकपुरका बलर रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान दुई÷दुई विकेट लिनुभएको थियो ।टोलीलाई जीत दिलाउने क्रममा जनकपुरका अक्वर अलिले अविजित रहँदै महत्वपूर्ण ३२ रनको योगदान दिनुभयो । यसैगरी शोभाकान्त पाण्डेले १५ रन बनाउनुभएको थियो ।

चितवनका सङ्घर्ष पौडेलले सर्वाधिक तीन विकेट लिनुभयो । प्रतियोगितामा जनकपुरका राहुल प्रतापसिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट ब्याट्सम्यान घोषित हुनु भई मेडल पुरस्कार प्राप्त गर्नुभयो ।विजेता टोली र विभिन्न विधाका उत्कृष्ट हुन सफल खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेल गतिविधिलाई पूर्ववत् अवस्थामा फर्काउने प्रयास देशका विभिन्न जिल्लाका क्रिकेट क्लबका बीच प्रतियोगिता आयोजना गरिएको र क्रिकेट खेल विकासमा योगदान पुगेको प्रतियोगिता संयोजक कमल थापाले बताउनुभयो । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा खेलाइएको प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने चार टोलीका बीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here