दिनेश भट्टले थपे,’कार्कीले भागरथी दिदीको हात समातेको थियो’

0
4031

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका खोचलेकमा भएको भागरथी भट्टको प्रक रणमा नयाँ रहस्य आएको छ । हाल दिपायलस्थित सुधार केन्द्रमा रहेका दिनेश भट्टले बयान फेरेपछि घ ट नाले नयाँ मोड लिएको हो ।

दिनेशले आफ्ना बुवासँग कुरा गर्दै गरेको अडियो यतिबेला बाहिरिएको छ । दिनेशले आफ्ना बुवालाई भनेका छन्, ‘मदन कार्कीले भागरथी दिदीको खुट्टा र अर्को मास्क लगाएको व्यक्तिले हात समातेको थियो । मैले यस्तो किन गरेको भने मदन कार्की माथि सडकमा आयो र मेरो मोबाइलबाट ब्याट्री निकाल्यो ।’

दिनेशका बुवाले भने, ‘म त्यो दिन विद्यालयबाट घर फर्किरहेको थिए, बाटोमा भागरथी दिदी त्यो व्यक्तिलाई भेटेँ । आफूले त्यो अवस्थमा दिदीलाई भेटेपछि त्यस्तो नगर्न भने तर उनीहरुले मानेनन् उल्टै यो कुरा बाहिरिएमा तिम्रो सिंगो परिवारलाई अ सुरक्षा हुने बताए । मैले त्यही भएर अहिलेसम्म सत्य लुकाए ।’

उनले थपे, ‘मैले छोरालाई अहिलेसम्म किन नभनेको पनि सोधेँ उसले हजुरहरुलाई केही गर्छन की भनेर भनिन । अब तपाईं कञ्चनपुर जानुभो सुरक्षित भएको महसुश गरेकोले आज भनेको हुँ ।’

दिनेशका बुवाका अनुसार भागरथीसँग त्यो दिन लवलेक जंगलमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा कार्यरत प्राविधिक (कार्यालय सचिवको रुपमा कार्यरत) सँगै थिए । अहिले ती व्यक्ति सोही वडामा कार्यालय सचिवका रुपमा कार्यरत रहेका छन् । पत्रकार सम्मेलनमा उनले ती व्यक्तिको नाम भने खुलाएनन् ।

दिनेशका बुवाको अहिलेको भनाइले पुनः घ ट नालाई अर्कैतिर धकेलेको छ । अब दिनेशले भनेका व्यक्तिहरुमाथि पनि अनु सन्धान हुनुपर्ने स्थानीयको माग छ । स्थानीयले सबै विषयलाई स्पष्ट बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

(दिनेश भट्टले हत्यामा संलग्न रहेको भनिएको व्यक्तिको नाम उच्चारण गरेको टेलिफोन वार्ता हामीसँग सुरक्षित छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here