बच्चाहरुको नाम राख्दा भुलेर पनि गर्नहुदैन यी ७ गल्तीहरु

0
245

अभिभावकहरु बच्चाको नाम राख्दा धेरै कुरा सोच विचार गरेर राख्छन् । विशेषगरी नेपाली समाजमा तिथि मिति, बार समय इत्यादीलाई हेरेर नाम राख्ने गरिन्छ । ब्राहमणले ज्योतिषीशास्त्र अनुसार नाम राख्ने गर्छन्, भने आमा बाबुले आफुलाई मनपर्ने नाम राख्छन् ।

अविभावकहरुलाई बच्चाको नाम राख्न धेरै गाह्रो हुन्छ, किनभने सम्पूर्ण जीवनमा ऊ उक्त नामले चिनिन्छ र बच्चाको नामले नै व्यक्तित्व झल्किन्छ।

कुनै बच्चाहरुको नाम यस्तो हुन्छ कि मानिसहरुले उक्त नामलाई लिएर बच्चाको मजाक उडाउछन्। कुनै बच्चाको नाम उच्चारण गर्न समस्या हुने हुन्छ जसले गर्दा उक्त बच्चा अरुको अगाडी आफ्नो परीचय दिन अफ्ट्यारो मान्छ। यदि तपाईको घरमा पनि बच्चाको नाम राक्नुपर्ने छ भने यी कुरालाई ख्याल गर्नुपर्ने हुन्छः

१. स्थानको नाम:

अभिभावकहरुले कुनै स्थानको नामबाट बच्चाहरुको नामाकरण गर्ने गरेका छन् । जस्तैः सगरमाथा, राखिएको हुन्छन् । त्यो राख्नु ठूलो गल्ती हो । बच्चाको नामाकरण गर्दा कुनै ठाउँ वा शहरहरुको नाम राख्नु हुँदैन् । मानिसहरुले बच्चाको नाम कुनै स्थानको नाम राख्दिन्छन् जसको कारण उनीहरुलाई पछि समस्या हुन्छ। त्यसैले बच्चाको नाम राख्दा कुनै ठाउँको नाम नराख्नुहोस्।

२. उच्चारण गर्न गाह्रो हुनेः

बच्चाहरुको नाम यस्तो राख्नुहोस्, जुन उच्चारण गर्न सजिलो होस । सौरभ, सुमन, मङ्गल जस्ता नाम बोल्न सजिलो हुन्छ। तर सारस्‍वत, कुलश्रेष्‍ठ, याज्ञवल्‍क्‍य आदि नाम उच्‍चारण गर्न गाह्रो हुन्छ । बच्चाहरु यी नामले अरुको अगाडि आफ्नो परिचय दिन लाज मान्छन् । त्यसैले बच्चाको नाम सामान्य र सरलै उच्‍चारण गर्न सकिने नाम राख्नुहोस्।

३. नामको एक शाब्दिक अर्थ भएको:

नामकरणको समयमा तपाई जुन नाम राख्नु हुन्छ त्यसको राम्रो अर्थ पनि हुनुपर्छ। तपाईले आफ्नो बच्चाको नाम राख्ने समयमा अचम्मको अर्थ लाग्ने नाम नराख्नुहोस्। यस्तो अचम्मको अर्थ लाग्ने नाम राख्नाले मान्छेले बच्चाको नामको अर्थलाई लिएर मजाक उडाईदिन्छन् ।

४. हासो लाग्ने नामः

आफ्नो छोराछोरीको नाम यस्तो पनि नराख्नुहोस् जुन नाम सुनेर मानिसहरु हास्नेबाटो नबनोस्। चिरौलिलाल, मुकुन्दलाल, संताराचन्द्र जस्ता नाम राख्नाले मानिसहरुले उसको मजाक उडाउछ्न्। यद्यपी पहिला पहिलाका मानिसहरूले आफ्ना छोराछोरीहरूको यस्ता नाम राख्थे, तर हाल यस्तो नाम मजाक उडाउन मात्र प्रयोग गरिन्छ।

५. देवी-देवताको नामः

बच्चाको नामाकरण गर्दा देवताको नाममा उनीहरुको नाम नराख्नुहोस्। केहि नामहरु जस्तै ईश्वर, परमेश्वर, परमपिता, परमात्मा, ब्रह्मा, ब्राह्मण, वेदा, भगवान, भगवती, देवी, ओम, हरि, महादेव, जिसस आदि नाम मान्छेको धार्मिक विश्वाससँग सम्बन्धित छ। यसैले तपाईको बच्चाको नाम देवताको नाममा नराख्नुहोस्।

६. प्रसिद्ध व्यक्तिहरूको नाममाः

केही व्यक्तिले आफ्नो बच्चाहरुको नाम पनि ख्‍याति प्राप्‍त व्यक्तिहरुको नाममा राख्छन्। उनीहरूले सोच्छन् कि प्रसिद्ध मान्छेको नाममा आफ्नो बच्चाहरुको नाम राख्नाले पछि उनीहरुको बच्चा पनि त्यस्तै ख्‍याति प्राप्‍त गर्न सक्छन्। वास्तविकता यो हो कि व्यक्ति आफ्नो प्रयासको कारण अगाडि बढ्छ।

७. खान्दानको नामः

यदि तपाईको घरको बाजेबजैको नाम तपाईलाई मनपर्छ र यदि तपाईले आफ्नो बच्चाको नाम उहाहरुको नाममा राख्न चाहानुहुन्छ भने कुनै समस्या छैन, तर यदि तिनीहरूको नाम धेरै पुरानो छ भने यो बच्चाको लागि सही हुनेछैन। त्यसैले बच्चाको लागि एक आधुनिक र फरक खालको नाम छान्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here