विनयजंगले दिएका सबै दुख बिर्सेर सपना रोका मगर काममा फर्किइन्, तीन शिशु सहित एकै दिन ८ शव ब्यवस्थापन गरिन् (भिडियो हेर्नुहोस्)

0
84

चर्चित अभियन्ता सपना रोका मगर काममा फर्केकी छिन् । उनी सनिबार पशुपति आर्यघाटमा काम गरिरहेको देखिइन् । उनले एकैदिन आठ बेवारिसे शव ब्यवस्थापन गरेको बताइन् । बीबीसीको प्रभावशाली १०० जनाको सूचीमा परेकी सपना रोका मगरले आफ्नै संस्थाबाट सामूहिक दा ह सं स्का र गरेकी छन् ।

बेवारिसेको शव व्यवस्थापन गर्ने म्याग्दीकी सपनालाई गत मंसिर ८ गते बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सामेल गरेको थियो यो सफलतामा उनी अत्यन्त खुसी थिइन् । तर, उनलाई पढाइ छुटेकोमा उनलाई चिन्ता थियो ।

२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन्। तर, त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन् ।

पढाइ छाडेर कु ल त मा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन् । पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन् । पछिल्लो समय उनी कानून बिषय लिएर पढाई अगाडि बढाउँदैछिन् ।

अब पढाइसँगै बेवारिसे शव व्यवस्थापनको काममा खटिने उनी बताउँछिन् । यी दुईवटै विषय मेरा लागि उस्तै हुन् । बेवारिसे शव व्यवस्थापन जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो, पढाइ पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छिन्, ‘अब सँगै अगाडि बढाउँछु ।’ भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here