कलाकारहरु सङ्ग माफी नमागे दोहोरी च्याम्पियन का जर्जहरुको नाममा मुद्धा हाल्ने चेतावनी ! कसले हाल्दै छ मुद्धा? पूरा पढ्नुस

0
257

दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।

पहिलो भाग प्रशारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आलोचना गरिरहेका छन् । यसको मुख्यकारण भने, यसका निर्णायकहरु हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलोचना गरिरहेका छन् ।

दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् ।
शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ । जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधिकांश प्रतिक्रिया आलोचनाले नै भरिएका छन् । अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् । कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गरेका छन्, ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ?
तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ जुन प्रश्नमा निर्णायकले प्रतियोगीलाई ‘होच्याएर’प्रश्न गरेको भन्दै दर्शकले आलोचना गरेका छन् ।

गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’

त्यस्तै, कतिपय प्रतियोगीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायकको निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् । कतिपयले निर्णायकले प्रतिस्पर्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

यसै बिच राष्ट्रिय रेस्लिङ खेलाडी मुना श्रेष्ठले जर्जहरुले कलाकारको बेइज्जत गरेको भन्दै तुरुन्त माफी नमागे जर्जहरुको नाममा मुद्धा हाल्ने चेतावनी दिएकी छन। कलाकार को प्रतिभाको बिषयमा टिप्पणी गर्न मिल्ने तर कलाकार को जिन्दगि माथि नै टिप्पणी गरेर अपामान गर्न नहुने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here