अभियन्ता केपी ख नाल भन्छन्–‘४३ ला ख दिएँ’, बालगृह भन्छ–‘३८ ला ख मा त्रै पा यौं’, अरु पैसा खोइ ?

0
69

बाजुराको बूढिगंगा नगरपालिकामा २०७२ सालदेखि कन्सर्न बाजुराको नामबाट चिनिने बालगृह सञ्चालनमा छ । ०७२ साउनदेखि बाजुरामा स्थापना गरिएकोउक्तबालगृहमास्थापनाकालमा चार जना बालबालिका बस्थे । स्थानीय सहयोगबाट सञ्चालित उक्त बालगृहमा सोही वर्ष थप तीन जना बालबालिका थपिएको अहिलेका कार्यकारी अध्यक्ष बहादुर थापा बताउँछन् ।******

उनका अनुसार सामान्य टीनको टहरामा निर्माण गरेर बालगृहलाई सञ्चालन गरिएको थियो । स्थानीय जनमानसमा कन्सर्न बाजुराको नामले परिचित बालगृह जिल्ला प्रशासन कार्यलयमा भने ‘अनाथ बालबालिकाको लागि शैक्षिक वातावरणिय केन्द्र’को नामबाट दर्ता गरेर चलाइएको छ ।

विगत दुई वर्षदेखि बालगृहको कार्यसमितिमा अध्यक्ष रहेका स्थानीय शिक्षक थापाका अनुसार स्थापना कालमा विभिन्न सहयोग जु’टाएर बालगृहको सुरुवात गरिएको थियो ।संस्थाको अडिट रिपोर्ट अनुसार ०७२÷०७३ मा ९ लाख ६८ हजार ५ सय रुपैयाँ खर्चमा बालगृहको लागि भवन निर्माण गरिएको थियो ।

स्थापना कालदेखि जसोतसो चलिरहेको बालगृहमा ०७४ सालतिर आफूलाई सामाजिक अभियन्ताको नामले चिनाउने केपी खनाल पुगे ।कार्यसमितिमा अध्यक्ष रहेका बहादुर थापाका भतिज गणेश थापाले उनलाई बाजुरा लिएर गएका थिए ।त्यहाँपुगेपछिखनालले २०७४ फागुन महिनादेखि उनले सामाजिक सञ्जालमार्फत चन्दा संकलन गर्न सुरु गरेका थिए ।*

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here