हा र्दिक बधाई : यी दृष्टिविहीन जसले शिक्षक से वा आयोगको परिक्षामा एक नम्बरमै निकाले नाम

0
96

उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् । भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो ।

दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे । देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् । नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here