बुलेट बाइक सहित चार महिनादेखि बे’पत्ता भएका पुजनको बाइक यस्तो अवस्थामा भेटियो !

0
575

सिन्धुपाल्चोक : चार महिनादेखि बे’पत्ता भोजपुर हतुवागढी– ६ का २५ वर्षीय पुजन राईको मोटरसाइकल र जुत्ता भेटिएको छ । भोटेकोशी बसेरी ढुंगा खानीमा आधा डु’बेको अवस्थामा क्ष’तिग्रस्त मोटरसाइकल बिहीबार भेटिएको हो । गत कात्तिक २८ गते बाह्रबिसे नगरपालिका वडा– स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायक पदमा कार्यरत राई सीमा क्षेत्रको हिन्दी बजारबाट फर्किएपछि चाकु बजारबाट सम्पर्क वि’हीन भएका थिए ।

उनको को २१ प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका-६ स्थित भोटेकोशी नदीमा भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन् । उनको एउटा जुत्ता पनि प्रहरीले फेला पारेको हो।भोटेकोशीमा माछा मार्न गएका व्यक्तिहरूले बाइक जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए। काभ्रेपलाञ्चोक र भोटेकोशी क्षेत्रको शं’कास्पद स्थानमा राई खोज्न प्रहरी सक्रिय रुपमा खटिरहेका छन् ।

पुजन राईकै हुनसक्ने आशंकामा प्रहरीले उनको परिवारलाई बोलाएर बाइक निकालेको थियो। उनको बाइक अरनिको राजमार्गबाट अन्दाजी ३७ फिट तल भेटिएको हो। सिन्धुपालचोक प्रहरी स्रोतका अनुसार बाइक भेटाएको ठाउँमा आधाभन्दा बढी भाग पिच भासि एको छ। त्यसैले उनी सोही ठाउँमा खसेको हुनसक्ने अनुमान प्रहरीको छ। बाइकमा चाबी पनि भित्रै रहेको प्रहरीले जनाएको छ।******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here