कैलालीमा मृ’त फे’ला परे कञ्चनपुरका एक पुरुष

0
102

धनगढीः कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक छेउमा मृ’त अवस्थामा फे’ला परेका पुरुषको परिचय खुलेको छ।

गोदावरी नगरपालिका–५ गेटास्थित सडकछेउको पानी जमेको कलभर्टमा मृ’त फे’ला परेका पुरुष कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार मृतकको साथमा भेटिएको सवारी चालक अनुमती पत्रका आधारमा श’वको सनाखत भएको हो।शनिबार बिहान स्थानीयवासीले खाल्डोमा तैरिरहेको अवस्थामा श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थल पुगेको प्रहरी टोलीले श’वलाई पानीबाट निकालेको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीले घ’टनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here