चि’हानबाट श्रीमतीको अवशेष निकालेर १६ वर्षदेखि सँगै सु तिरहेछन् यी व्यक्ति (भिडियो)

0
5594

श्रीमान श्रीमतीको माया अचम्मको हुन्छ । सगैँ मर्ने जिउने बाचा गरेकी श्रीमती बिचैमा परलोक भएपछि श्रीमानको मन अवश्य रून्छ । हालै यस्तै मार्मिक घट’ना बाहिरिएको छ।श्रीमतीको मृ’त्यु सहन नसकेर भियतनामका एक व्यक्तिले उनी गाडेको चि’हान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् ।

जब ली भानको यस्तो घटना सन् २००९ मा सार्वजनिक भयो, तब धेरैले यो खबर झुटो भएको ठाने तर यो कुरा साँचो हो । आफन्त, छिमेकीले उनको यस्तो क्रियाकलापको विरोध गरेपनि उनले भने आफ्नी श्रीमतीलाई कतै जान दिएका छैनन् । यो क्रम विगत १६ वर्षदेखि चलिरहेको छ ।त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे

भानको सन् १९७५ मा विवाह भएको थियो । विवाह अघि उनीहरुले एकअर्कालाई चिन्दैनथे । भान, सेनाका जवान थिए । सेनाको जागिरबाट घर फर्किएका बेला निकै सानो उमेरमा नै उनको विवाह भयो ।विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनीहरुको जीवन निकै खुसी साथ अघि बढिरहेको थियो । उनीहरुले सात सन्तान जन्माए । तर घरबाट टाढा रहेका भानले सन् २००३ मा श्रीमतीको अ’चानक मृ’त्यु भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमतीको अन्तिम संस्कार गरेर गा’डिसकिएको थियो ।

श्रीमतीको मृ’त्यु भएको सुरुवाती दिनमा ली भानले आफ्नो दिनरात श्रीमती गाडिएकै चिहानमा बिताए । तर केही महिना पछि खराब मौसम र पानी पर्न सुरु भएपछि उनी समस्यामा परे ।त्यसपछि उनले श्रीमती गाडिएकै ठाउँमा खाल्डो बनाउने र उनी नजिकै सुत्ने निधो गरे । तर खाल्डो खनेर मृतक श्रीमतीसँगै बुवा सुतेको थाहा पाएका उनका सन्तानले उनलाई चिहानमा सुत्न दिएनन् । तर भानले श्रीमतीलाई आफूबाट टाढा राख्नेबारे सोच्नै सकेनन् ।

एकदिन भानले सुरुमा चिहा’न खने, त्यसपछि श्रीमतीको हड्डी जम्मा गरेर ब्यागमा राखे । त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे । त्यसपछि त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।

जब ली भानका सन्तानलाई बुवाको क्रियाकलापबारे थाहा भयो तब उनीहरुले रिसा’एर आमालाई अन्तिम पटक बिदा दिएको स्थानमा फिर्ता राखिदिन बुवालाई अह्राए । तर उनका बुवाले श्रीमती छोड्न सकेनन् ।उनले श्रीमतीको हड्डी फिर्ता ल्याएको थाहा पाएपछि छिमेकीहरु उनको घरमा पस्दैनन् । कतिले भानले रो’ग सारेको भन्दै स्थानीय अधिकारीलाई पनि जानकारी दिए । पुलिसले उनलाई सम्झाई बुझाई गरे तर उनले केही गरे पनि मानेनन् । तसर्थ पुलिसले पनि उनलाई केही भन्नै छाडे ।

स्थानीय अधिकारीले भानलाई श्रीमतीलाई पुनः गाडिदिन आग्रह गरे, उनले माने पनि । तर केही समय पछि स्थानीयले भानको घरमा अझै पनि श्रीमतीको अवशेष भएको भन्दै ऊजुरी दिए ।नेट न्यूज भियतनामका अनुसार ली भान पछिल्लो दुई वर्षदेखि ह्विलचेयरमा छन् तर उनी प्रत्येक राती आफ्नी श्रीमती सँगै सुत्न घि’स्रिएर भएपनि खाटसम्म पुग्छन् । उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।

‘जब मेरी श्रीमती जीवित थिइन् तब उनले कहिल्यै राम्रो लुगा लगाउन पाइनन् त्यसकारण मैले उनको लागि राम्रो लुगा बनाउनुपर्छ । मैले दिनको दुईपटक उनको लुगा फेरिदिन्छु, ’ ली भानले भने । ‘मानिसहरुले मलाई श’वको हेरविचार गरिरहेको छ भनेर पागल भन्छन् तर मलाई के विश्वास छ भने उनी सधैं मसँगै छिन् । मेरो मृ’त्यु नहुञ्जेल म उनीसँगै सुत्नेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here