गड्यौला झुसिलकिरा, छेपारो, साङला खाएरै विश्व कीर्तिमान राखे २७ वर्षका जोनले

0
119

एजेन्सी । साङला , बिच्छी देख्दा धेरेको सातो जान्छ । तर भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले तिनै डरलाग्दा साङला , बिच्छी र गड्यौला खाएरै विश्व कीर्तिमान कायम गरेका छन् । किरा फट्यांग्रा खाएर दिन बिताउँदै आएका जोनले आधा किलो गड्यौला बिहानको खानमा नै खाँदै आएका छन् ।

अझ रोचक त के छ भने उनले लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खान्छन् । अचम्मको स्वभाव भएका जोनले खाजाका रुपमा १० देखि २० वटा सम्म छेपारा खान्छन् भने स्न्याकमा साङला र कमिला खान्छन् भने बेलुकाको खानामा दाल भातका साथै घाँसे फट्याङग्रा खाँदै आएका छन् ।

यो पनि पढ्नुहोस् :महिला, किशोरीलाई आत्मसुरक्षा तालीम-महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो ।

तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here