जवानी मै सिउदो पु छियो | कमाउन गएका श्रीमान् बाकसमा आए | कम्पनि मेनपावरले किन यस्तो ग र्यो ?- हेर्नुस भिडियो सहित

0
132

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया हेर्नुस पुरा समाचार – वच्चााको विषयमा आँचललाई प्रश्न गरेपछि दिइन् यस्तो रमाइलो उत्तर, हेर्नुहोस् भिडियो – काठमाडौं : अभिनेत्री आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको एक बर्ष हुन् लागेको छ। एक बर्ष अघि हिन्दू परम्परा अनुसार उनीहरुले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका थिए। ‘हामी तीन जना हुंन समय लाग्छ’, श्वेता खड्का र विजयन्द्रसिंह रावतको रिसेप्सनमा आँचलले जिस्किंदै भनिन्, ‘पहिला पाँच छ वटा पार्टी खाउँ न । साडी सम्हाल्ने कि, ब्याग सम्हाल्ने कि बच्चा !’ आँचललाई उदिपको केयरिङ गर्ने बानी असाध्यै मन पर्छ। उनलाई उदिपलाई नभेट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ। तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो। ‘उहाँको केयरिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु।’

उदिपलाई भने आँचल असल केटी लाग्छ। ‘खै म त उनको एउटा–दुइटा मात्र कुरा राम्रो कुरा भन्नै सक्दिनँ,’ उनले भने, ‘मलाई त उनी हर कुरामा पर्फेक्ट लाग्छ।’ त्यसो हो भने के यो जोडीको कहिल्यै ठाकठुक पर्दैन ? आँचलले उदिपलाई उछिनेर भनिन्, ‘मेरो पर्छ। दिनमा एकचोटि जसो त म रिसाएकै हुन्छु। तर, उहाँले फकाइहाल्नुहुन्छ।’ आँचलको कुरामा सही थाप्दै उदिपले रिसाउने कारण बताए, ‘उनलाई छिनछिनमा हाई–हेल्लो गरिरहनुपर्ने हुुन्छ। तर, म पेसेन्टसँग भएको बेला अरू सब कुरा बिर्सन्छु। यही निहुँमा उनले एकदुई घण्टी फोन काट्छिन् तर तेस्रो घण्टीमा उठाउँछिन्।’

आँचल भने धेरैको सम्बन्ध कम्युनिकेसनको अभावका कारणले नै सकिएको देखेकाले कम्युनिकेसनमा रहनकै लागि यस्तो गर्ने गरेको बताउँछिन्। ‘एकअर्कालाई एक अर्काको कुरा थाहा भयो भने मात्र सम्बन्धमा शंका हुन्न,’ आँचलले झगडाको अन्तर्य बताउँदै भनिन्, ‘नत्र यसरी नै सानो कुरा पछि गएर ठूलो हुन्छ। यही डरले हो, मैले फोन गर्नुभएन भनेर किचकिच गर्ने। अन्यथा, हाम्रो आजसम्म अरू कुनै विषयमा झगडा भएको छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here